Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रीन डेभलपमेन्ट बैंकको आइर्एपीओमा नपरेको रकम सोमबारदेखि फिर्ता

२०७३ असार ३१ गते

green development bankग्रीन डेभलपमेन्ट बैंकको आईपिओमा नपरेको रकम सोमबारदेखि फिर्ता हुने भएको छ । रकम फिर्ता लिन सेयर आवेदन दिएको केन्द्रमा गई फारमको अर्धकट्टीका साथमा स्वयम्ले प्रमाणित गरेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी बुझाएर नपरेको रकम फिर्ता लिन प्रबद्र्धक एनआईबिएल क्यापिटलले आग्रह गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकमा खाता भएका आवेदकलाई खातामै रकम जम्मा गरिदिने एनआईबिएलले जनाएको छ ।

बुधबार भएको बाँडफाँडमा १ लाख १ हजार १ सय ५६ आवेदकमध्ये २७ हजार ५ सय ६ जनालाई सेयर परेको थियो ।