एनबी ईन्स्योरेन्सले पनि ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले साउन ६ गते शेयरधनी दर्ता किताब बन्द हुने सूचना जारी गरेको छ । अब साउन ५ गतेसम्म शेयर किन्नेले मात्रै हकप्रद पाउने छन् । कम्पनीको चुक्ता पूँजी २४ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीले यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड २० लाख खुद रुपैयाँ नाफा कमाएको छ ।
