मेट्रो डेभलपमेन्ट बैंकले हाल कायम शेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले ४ लाख ७२ हजार ७ सय १५ कित्ता संस्थापक शेयर साधारणमा परिर्वतन गर्ने जनाकारी बुधबार नेप्सेलाई गराएको हो । बैंकले संस्थापक र साधारण सेयर संरचना ५१ः४९ अनुपात बनाउने योजनास्वरुप शेयर संरचना परिवर्तन गर्न लागेको हो ।
बजार बढीरहेको अवस्थामा तत्काल लाभ लिनका लागि बैंक वित्तीय संस्थाले सेयर संरचना परिवर्तन गर्दै आएका छन् ।