Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा बैंकमा संस्थापक र साधारण शेयर संरचना अब ५१ः४९ को अनुपातमा

२०७३ असार २९ गते

mega bankमेगा बैंकले हाल कायम रहेको शेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले ६१ लाख ५७ हजार ९ सय ७३ कित्ता संस्थापक शेयरलाई साधारण शेयरमा परिवर्तन गर्न लागेको हो । बैंकले शेयर संरचना परिवर्तन गर्नेबारे जानकारी बुधबार नेप्सेलाई दिएको हो । हाल मेगा बैंकको सेयर संरचना संस्थापकतर्फ ७० र साधारणतर्फ ३० प्रतिशत रहेको छ । बैंकले यसलाई परिर्वतन गरी संस्थापक र साधारण सेयर संरचना ५१ः४९ को अनुपातमा बनाउने भएको हो ।