मेगा बैंकले हाल कायम रहेको शेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले ६१ लाख ५७ हजार ९ सय ७३ कित्ता संस्थापक शेयरलाई साधारण शेयरमा परिवर्तन गर्न लागेको हो । बैंकले शेयर संरचना परिवर्तन गर्नेबारे जानकारी बुधबार नेप्सेलाई दिएको हो । हाल मेगा बैंकको सेयर संरचना संस्थापकतर्फ ७० र साधारणतर्फ ३० प्रतिशत रहेको छ । बैंकले यसलाई परिर्वतन गरी संस्थापक र साधारण सेयर संरचना ५१ः४९ को अनुपातमा बनाउने भएको हो ।




