२०७७ बैशाख १६ गते

बैंकिङ कर्मचारीमाथि ट्राफिकको कडाई, कार्यालको पत्र विना हिडडुल गर्नमा रोक

बैंकिङ खबर । सरकारले बैंकका कर्मचारीमाथि कडाई गरेको छ । लकडाउनको समयमा बैंकका कर्मचारी परिचयपत्र लिएर हिडडुल गर्न पाउँछन् । तर यस्तो संख्या धेरै देखिएपछि परिचयपत्रको साथमा अब कार्यालयको लेटर अनिवार्य गरिएको छ । गृहमन्त्रालयले अबका दिनमा बैंकिङ कर्मचारीलाई कार्यालयको परिचयपत्रका साथमा लेटर अनिवार्य गरेको हो । अफिसको कार्ड बोकेर बैंकिङ कर्मचारीहरुले लकडाउन उलंघन गरेको आरोप छ । परिचयपत्र बोकेर हिँडेका बैंकका थुप्रै कर्मचारीहरुलाई प्रहरीले लकडाउन उल्लंघनको आरोपमा नियन्त्रणमा लिएर छाडेको छ । यससँगै बैंकले कार्यालयको लागि औपचारिक पत्र अनिवार्य बनाउनु पर्ने उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । मंगलबार बैंकका कर्मचारी पक्राउ परेको विषय नेपाल राष्ट्र बैंकसमक्ष पुगेको थियो ।