Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

धुर्मुस सुन्तली फाउण्डेसनलाई सिटी एक्सप्रेसको साढे १५ लाख सहयोग

२०७३ असार २७ गते

remitनेपालको रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस १० औँ वर्षमा प्रवेश गरेको छ । १० औँ वार्षिकोत्सवसँगै उक्त रेमिटेन्स कम्पनी कमलादी स्थित आफ्नै भवनमा सरेको छ । नयाँ भवनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीबि नेपालले गरे । उद्घाटनमा बोल्दै डा. नेपालले देशमा रेमिट्यान्स कम्पनीले ठूलो मात्रामा रुपैयाँ भित्र्याएको बताए । उनले रेमिट्यान्स कम्पनीका कारण हुन्डीमार्फत कारोबार गर्नेहरु निरुत्साहित भएको बताए । 

यस्तै कम्पनीका प्रवन्ध निर्देशक चन्द्र टण्डनले दुई जना कर्मचारीबाट सेवा सुरु गरेको स्मरण गराउँदै सेवा भावले काम गरेकाले कम्पनी अहिले दशौँ वर्षमा प्रवेश गरेको बताए । उनले विदेशमा काम गरेकाहरुको रकम सुरक्षित तरीकाले घरपरिवारसम्म पुर्याएर यस रेमिट्यान्सले विश्वास जितेको बताए । आफ्नो वार्षिकोत्सवको अवसरमा कम्पनीको मुनाफालाई मात्र नहेरी हास्यकलाकारद्वय धुर्मुस सुन्तली फाउण्डेसनलाई १५ लाख ५५ हजार रुपयाँ सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गरेको छ । धुर्मुस सुन्तली यस कम्पनीको ब्राण्ड एम्बेस्डर समेत रहेका छन् । 

यो कम्पनी २०६४ साल असार २७ गते स्थापना भएको हो । यसले वैदेशिक रोजगारीमा गएका नेपालीले आर्जन गरेको अबौँ रुपयाँ नेपाल भित्र्यााउने काम गर्दछ ।