२०७३ असार २७ गते

किन खारेज गरिए बाँकेका ३३ सहकारी ?

निष्क्रिय रुपमा रहेका तर सक्रिय रुपमा रहेको भन्दै आएका बाँकेका ३३ वटा सहकारी संस्था खारेज भएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका अनुुसार जिल्लामा निष्क्रिय रुपमा रहेका ३३ वटा सहकारीहरुलाई खारेज गरिएको हो । 

विभिन्न समयमा ताकेता गर्दा पनि सक्रिय रुपमा रहेको प्रमाणपत्र पेश गर्न नसकेका कारण उनीहरुलाई खारेज गरेको कार्यालयले जनाएको छ । खारेज भएकामध्ये  सबैभन्दा बढी कृषि सम्वन्धित १८ वटा सहकारी रहेका छन् । अन्य खारेजमा पर्नेहरुमा बहुउद्देश्यीय र बचत तथा ऋण सहकारी ५ वटा, स्वास्थ्य, जडीबुटी, पशुपक्षी तथा पशुपालन, विद्युत र उपभोक्ता सहकारी एक एक वटाखारेजमा परेका सहरी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ ।