Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लगानीकर्ताले शेयर डिम्याट नगराउँदा खुलेन जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर कारोबार 

२०७३ असार २६ गते

hydroशेयरधनीले आफ्नो शेयर डिम्याट गराउन आलटाल गरेपछि आइतबार सुरु हुने भनिएको जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर कारोबार रोकिएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको २ करोड कित्तामध्ये ८ प्रतिशत अर्थात् १६ लाख कित्ता शेयर मात्रै डिम्याट भएपछि शेयर कारोबार सुचारु नभएको हो । 
हालको नेपाल धितोपत्र बोर्डदे कुनैपनि कम्पनीको शेयर निष्काशनको १० प्रतिशत शेयर डिम्याट नभएसम्म शेयर कारोबार शुरु नहुने व्यवस्था गरेको छ ।  

जलविद्युत् लगानी तथा बिकास कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई सेयर डिम्याट गर्न सुचना जारी गरिसकेको भएपनि हालसम्म शेयर डिम्याट गराउनेको संख्या १० प्रतिशत पनि नपुगेपछि शेयर कारोबार सुचारु हुन नसकेको कम्पनीको शेयर निष्काशन तथा विक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।