Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्थानीय प्रभावितले पाए अरुण काबेलीको झण्डै २ करोड कित्ता आईपीओ

admin २०७३ असार २६ गते
सेयर:

arunस्थानीय प्रभावितलाई अरुण कावेली पावर लिमिटेडको सेयर बाँडफाँड गरिएको छ । असार ३ गते देखि १७ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरिएको शेयर आइतबार बाँडफाँड गरिएको हो । 

निष्काशन तथा विक्ति प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कावेली पावर लिमिटेडको एक सय अंकित दरका १५ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पाँचथर तथा ताप्लेजुङ जिल्लाका बासिन्दाका लागि माग गरिएको थियो । बिक्री खुला गर्दा जम्मा १ करोड ९६ लाख ३४ हजार ८ सय १० कित्ता साधारण सेयरका लागि १४ हजार ७ सय १ आवेदन परेको थियो ।

स्वीकृत विववरणपत्रमा भएको व्यवस्थाअनुसार कुल साधारण सेयरमध्ये प्रत्यक्ष रूपमा अति प्रभावित क्षेत्र पाँचथर जिल्लाका नागी, थर्पु र अमरपुर गाविस तथा ताप्लेजुङ जिल्लाका साब्लाखु, सिनाम, थुम्बेदिन र चाक्सिबोटे गाविसका लागि ६ लाख कित्ता छुट्याइएको थियो ।

ती गाविसबाट चार हजार पाँच सय ५७ दरखास्तवालाबाट ७४ लाख ५४ हजार पाँच सय कित्ता साधारण सेयरका लागि दरखास्त पर्न आएको कम्पनीले जनाएको छ । रितपुर्वक दरखास्त दिने चार हजार पाँच सय ५५ जना दरखास्तवालालाई सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।