२०७३ असार २६ गते

यसरी खुल्यो सरकारलाई बजेट खर्च गर्ने बाटो

samsadव्यवस्थापिका–संसद्को बैठकले बजेट विनियोजन विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । उक्त प्रस्ताव पारित गरियोस् भनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनसमक्ष पेस गरेका थिए । यो विधेयक पारित भएपछि सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । त्यसअघि सदनले विनियोजन विधेयक, २०७३ का विभिन्न दफालाई पारित गरेको थियो । यस्तै सदनले आर्थिक विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ । यस्तै आर्थिक विधेयक, २०७३ माथिको दफाबार छलफल भने यही असार २९ गते हुनेछ । त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई समेत सदनको सर्वसम्मतिले स्वीकृत  गरेको छ । यसअघि सांसद डा रामशरण महत, प्रेम सुवाल र जनकराज जोशीले मुलुकभित्रै आवश्यक पुँजी मौज्दात रहेको अवस्थामा किन थप ऋण लिनुर्पयो भन्दै प्रश्न गरेका थिए।    यस्तै ऋण तथा जमानत (एक्काइसौं संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत भएको छ।   व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार २९ गते बिहान ११ बजे बस्नेछ । रासस