आर्थिक विकासको महत्वपूर्ण टेवाको रुपमा रहेको निजी क्षेत्र नाफामुखी गैरसरकारी वा सर्वसाधरणको पूर्ण लगानी रहेको अधौगिक तथा व्यापारीक क्षेत्र हो । अर्को शव्दमा भन्नुपर्दा प्रचलित कानुन तथा सरकारी नियमन अन्तर्गत स्थापना तथा संचालन हुने भए पनि सरकारको स्वामित्व र व्यवस्थापन नहुने सवै किसिमको स्वतन्त्र वजार अर्थतन्त्र निजी क्षेत्र हो । निजी क्षेत्र अन्तर्गत एकलौटि व्यवसाय साझेदारी व्यावसाय र संयुक्त पुजि कम्पनी पर्दछन् । वर्तमान आर्थिक उदारीकरण तथा विस्वव्यापीकरणको युगमा मुलुकको आर्थिक विकासमा निजि क्षेत्रले उल्लेखनीय भुमिका निभाउदै आएको पाइन्छ । हाल नेपाल सरकारले अवलम्वन गरेको अर्थनिती अन्तर्गत निजी क्षेत्र पनि एक हो । त्यसैले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको अत्यन्तै पृथक एवम् महत्वपूर्ण भुमिका रहेको कुरा सहजै बुझ्न सकिन्छ ।
निजि क्षेत्रको भुमिका रोजगारीका अवसरहरु सिर्जनामा देखिएको वा निजी क्षेत्रको ठूलो लगानी रहेको नेपालको व्यापारिक औधौगिक, पर्यटन तथा अन्य व्यावसायिक संगठनहरुले उल्लेखनिय रुपमा नेपालमा रोजगारी प्रदान गरेको छ । अझ निजी क्षेत्रको प्रत्यक्ष लगानीमा स्थापना भएका बैंक तथा बित्तीय संस्थाहरुले बेरोजगारी समस्या न्युनिकरणमा खेलेको भुमिका प्रशांसनिय छ ।
यसका अलवा निजी क्षेत्रले अनिवार्य रुपमा सरकारलाई बुझाउने आयकर त झन सरकारी राजस्वको मुख्य स्रोत वन्न पुगेको छ । अतः निजी क्षेत्र अन्तराष्टिय व्यापारमा समेत सक्रिय रहेकोले मुलुकै भुक्तानी संतुलनमा समेत महत्वपूर्ण टेवा पुर्याएको छ । बस्तु तथा सेवाको उत्पादनमा बृद्धि गरी आयात प्रतिस्थापनमा निजी क्षेत्र निकै अगाडी देखिन्छ । यसै विच चर्चा गरिरहदाँ निर्यातलाई प्रवद्र्धन विस्तार एवम् विविधिकरण गर्दे व्यापार घाटा कम गराउनु निजी क्षेत्रको आजको प्रमुख उदेश्य हो । आजको विश्वव्यापीकरण को युगमा कुनै पनि देशको आर्थिक विकासमा निजि क्षेत्रको सहयोगलाई निकै प्रभावकारी मानिन्छ । निजी क्षेत्र अर्थतन्त्रको एउटा त्यस्तो खम्वा हो जसले मुलुकको समग्र अर्थव्यवस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा परिचालित गर्दछ । अझ सामान्य अर्थमा भन्ने हो भने मुलुकको अर्थतन्त्रलाई कस्तो दिशा तर्फ लैजाने भन्ने कुराको निर्धारणमा निजी क्षेत्र अगाडी रहेको छ । विदेशी मुद्रा आर्जन राजस्व संकलन तथा पूर्वाधार विकासमा समेत निजी क्षेत्रले पुर्याएको योगदान हामी सवैलाई सर्वविदितै छ ।नेपालको राष्ट्रिय आय वृद्धि संगै वैदेशिक लगानि भित्राउन निजी क्षेत्र अघि वढीरहेको परिपेक्षमा निजी क्षेत्र केही फराकिलो बन्दै गइरहेको अनुमान गर्न सकिन्छ । नेपालको प्रति व्याक्ति आयमा भएको बृद्धि संगै सवैसाधरण जनताको जीवनस्तरमा आएको परिवर्तनलाई निजी क्षेत्रको सकरात्मक प्रभावका रुपमा लिन सकिन्छ । हाल नेपालमा फस्टाउँदा बैंकिङ व्यवसाय र प्रणालिले निजी क्षेत्रको संगलग्नतालाई झनै मजबुत बनाएको छ ।
र अन्त्यमा निजी क्षेत्र नाफामुखी गैरसरकारी क्षेत्र भएता पनि यसका क्रियाकलापहरुले मुलुकमा तीव्रतर दिगो एवम फराकिलो आर्थिक विकासमा टेवा पुगेको पाइन्छ । निजी क्षेत्रले नेपालको सर्वाङिण, संतुलन तथा समतामुलक अर्थिक विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । तसर्थ आर्थिक असक्षमता तथा लगानिमैत्रि वातावरणको अभाव जस्ता चुनौतिहरु सामना गरीरहेको नेपालको निजी क्षेत्रलाई थप प्रोत्साहन तथा उत्पे्ररणा साथ नेपाल सरकारले आगामी दिनमा मुलुकको समग्र आर्थिक विकासका लागि हातेमालो गर्दै आर्थिक सहयात्रीका रुपमा अघि बढनु नितान्त आवश्यक छ ।
लेखक वित्त व्यवस्थापनमा एम.वी.ए गरी हाल बैकिंङ सेवामा आवद्ध हुनुहुन्छ ।




