२०७६ चैत्र २४ गते

समस्याका लागी होईन समाधानका लागी तपाईको जिवन ।

हरिकृष्ण जोशी, बैंकर-

यो संसार पनि बिचित्रको छ कसैलाई धनको लोभ छ कसैलाई पदको लोभ छ, कसैलाई अनौठौ सोख छ म नजिक बसेर हेरीरहेको छु कसैले मलाई माया गर्छन, कसैले घृणा गर्छन, कसैले सल्लाह दिन्छन् यसो गर र त्यसो गर भनेर, कोहि बिचरा यसको जिन्दगी भन्ने पनि छन र कोही मेरै जिन्दगी देखेर जल्नेहरु पनि छन् त कोही गल्नेहरु पनि छन् । यो सामान्य मेरो जीन्दगी होईन म जस्ता आम मान्छेको जिन्दगीमा यस्ता मानीसहरु फेला परिरहन्छन् र यिनिहरुकै बिचमा जिबनलाई सहज तरिकाले अघि बढाउने हो ।
अथाहा सम्भावनाका विच जिवन विताईरहेका हामी सम्भावनालाई पनि शंकाको रुपमा लिएर जिवन गन्तव्यहिन वनाईरहेका छौ । अनेक सम्भावना छ हामी विच उदाहरण नै हेरौ न हाम्रो छिमेकी देश भारत नेपालबाट रेमीट्यान्स भित्राउनेमा टप १० भित्र पर्दछ तर हामी केही सम्भावना देख्दैनौ र जिवनमा असफलता, निराशा र जिवन सीत दीक्दारी मात्रै देख्छौ र अन्त्यमा आफ्नो अमुल्य जिवनको महत्वको थाहै नपाई जीन्दगी केही गर्न सकिएन भनेर अरुलाई आफ्नो गुनासो सुनाईरहका छौ, कुहीरोको कागजस्तो हराईरहेका छौ र अझ भनौ आउने पुस्ताहरुलाई जिबनको नकारात्मक कुराहरु उनीहरुको मानस पटलमा भरिदीएका छौ र अन्त्यमा आत्महत्यातिर लम्कीरहेका छौ ।
मन सबैको छन्, पिडा सबैका छन्, दु ख सबैलाई छ, आशु सबैका बग्छन् तर आफ्नो मात्र देख्ने र म मात्रै अभागी रहेछु भनेर अरुलाई नहेरी जिबन देखीहार मान्नु कदापी राम्रो होईन । थाहा छ द्रब्य सगं बिकाउ जमात छ सजिलो छैन जिबन जिउनलाई तर बिकल्प भने धेरै छन् त्यही बिकल्प जसले खोज्छ उ नै असली जिबन जिउनकालागी पहिलो हकदार हुन्छ । आफ्ना सोच बिचार र ब्यबहार आफैमा लागु गर्न सकीएन भने जिबनको कुनै अर्थ रहदैन ।

यो संसारमा आफुलाई नराम्रो वा गलत ठान्ने मानिस नै छैन । उदाहरणको लागीतपाई एउटा जेलमा गएर जेलमा बसेकाहरुलाई सोध्नुहोस् त्यँहा बस्ने प्राय जसो ब्यक्तिहरmको भनाई मलाई फसाईयो, मेरो केही गल्ति छैन, उनीहरु सबै मिलि म माथी आक्रमण गरे, मान्छे चिन्नगल्ती गरे, म सिधा भएको कारण मलाई फसाईयो भन्ने जस्ता जबाफहरु सुन्न पाईन्छ र यो जबाफ सुने पछि यस्ता निर्दोष ब्यक्तीहरु एकै ठाउमा भेट्न कहाँ पाईन्छ र जस्तो हुन्छ । हो मानीस पनि त्यही मैले त गर्न खोजेकै थीए, घर परिवारले साथ दिएन, आर्थीक अभाब भयो भगवान पनि मेरो बिरुद्धमा लागे जस्तो भयो भन्ने जस्ता कुराहरु सुन्न पाईन्छ के यीनै कारण हो त हामी सफल नहुनु र जीन्दगीबाट हार खानुमा ? कदापी होईन आफ्ना बाबु आमाको हत्या आफै गर्ने अनि हो म टुहुरो हु मलाई माफी दिनुहोस् भन्न मिल्दैन । उखानै छ नी नक्कलमा पनि अक्कल चाहीन्छ अर्काको देखेर रिस र डाहले केही हुदैन आफ्नै मेहनत र परिश्रममा भर गर्नुपर्दछ । जिबन थाक्नको लागी होईन केही उपलब्धी प्राप्त गरी समाज र राष्ट्रका लागी योगदान पुराउनको लागी पनि हो ।

सपनाले मात्र जिबन चल्दैन सपना नदेख्ने मान्छे त हाम्रा वरपिरि नै छैनन् सबैले आ आफनै ईच्छा चाहाना अनुसार नै सपना देखीरहेका हुन्छन् । सपना पुरा गर्न सपनाको बाटोमा पनि हिड्नु पर्दछ जस्तो जब मोटरसाईकल चलाउन जान्छु अनि बल्ल मोटरसाईकल चलाउछु भन्यो भने जिन्दगीमा मोटरसाईक लचलाउन सक्नुहुन्न तसर्थ सपनासगैं शुरुवात नगर्ने हो भने सपनाको कुनै काम छैन तसर्थ जे देख्नु हुन्छ जे सोच्नुहुन्छ शुरु गर्ने सबै भन्दा राम्रो साईत आज र अहिले नै हो भनि शुरु गर्नुहोस् । आफ्नो भगवान आफै हो शक्ति कतै बाहिर लुकेर बसेको हुदैन साईत पर्ने बित्तिकै दौडीएर आउने खालको ससांर छ त्यही शाईत कुरेर बस्ने तपाई हुनुहुन्न तपाई परिबर्तनको लागीत आजै र अहिल्र्यै तयार हुनुहोस् शुख, दु.ख, घामपानी, पिडा, तनाब, छलकपट, रिस डाह गर्नेहरु त जिबनमा आई नै हाल्दछन् तसर्थ समस्याकालागी होईन समाधानका लागी मेरो जिवन भनेर अगाडी बढ्नुहोस र लक्ष्य प्राप्ती गरी जिवनलाई आनन्द तुल्य बनाउनुहोस् ।