April 6th, 2020

नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस, को को परे ?

बैंकिङ खबर । गभर्नर नियुक्ति समितिले गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको छ । अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले तीन जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेहरुमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर, महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाल छन् । अब बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने बताइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटा सम्मिलित समितिले यी नाम मन्त्रीपरिषदलाई सिफारीस गरेको हो । ३ सदस्यबाट मन्त्रीपरिषदको बैठकले एकजनालाई गभर्नर पदमा नियुक्त गर्ने छ । डा. चिरंजीवि नेपालको कार्यअवधि सकिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त रहँदै आएको छ ।