Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

काँचो सुन आयातमा लगाइएको रोकको विरोधमा विश्वभरका नेपालीलाई उभ्याउँदै साझा मञ्च 

admin २०७३ असार २२ गते
सेयर:

gold 1विदेशबाट काँचो सुन आयात गर्न पाउनुपर्ने भन्दै ऐक्यबद्धता जनाउन नेपाली साझा मञ्चले विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीलाई अपिल गरेको छ । विदेश बसोबास गर्ने नेपालीले घर फर्किंदा साथमा काँचो सुनचाँदी लैजान नपाउने गरी सरकारले लगाएको प्रतिबन्ध खारेजीको मागमा ऐक्यबद्धता जनाउन मञ्चले यस्तो अपिल गरेको हो । 

मञ्चले केही दिनअघि प्रवासी नेपालीको तर्फबाट प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै भन्सार विभागले प्रवासीहरु विदेशबाट स्वदेश फर्कने क्रममा नगदको सट्टा निश्चित परिमाणमा काँचो सुनचाँदी लैजान पाउने व्यवस्थामा लगाएको प्रतिबन्ध खारेज गर्न माग गरेको थियो । मञ्चमा आवद्ध अन्तर्राष्ट्रिय अभियन्ताको सोमबार बसेको बैठकले नेपाल तथा विदेशमा रहेका सम्पूर्ण सामाजिक र पेसागत संगठन तथा संघ–संस्थालाई भन्सार विभागको निर्णय खारेजीका लागि नेपाली राजदूतावास तथा महावाणिज्यदूतको कार्यालयमार्फत दबाब दिन अपिल गरेको हो । 

मञ्चले जारी गरेको अपिलमा नेपालको कुल गार्हस्थ उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान दिने, देशको बजेट बराबर रेमिट्यान्स भित्र्याउने र ५६ प्रतिशत घरधुरीलाई धानिरहेका प्रवासीको योगदानलाई भन्सारको निर्णयले अपमान गरेको आरोप लगाएको छ । मञ्चले जारी गरेको अपिलमा प्रवासी नेपालीले नेपाल लाने गरेको काँचो सुनचाँदीप्रति नेपाल राष्ट्र बैंक र स्वदेशी सुनचाँदी व्यवसायीको समेत आपत्ति नरहेको बताएको छ । मुलुकमा सुनको दैनिक माग ४० किलो भए पनि राष्ट्र बैंकले १५ किलो उपलब्ध गराउँदै तथ्य प्रस्तुत गर्दै विदेशबाट फर्किनेले सुन लैजान नपाए आपूर्ति व्यवस्था खल्बलिने र कालोबजारी तथा तस्करी बढ्ने मञ्चको तर्क छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।