March 29th, 2020

कोरोना संक्रमणको उत्पादन : चिनलाई दोष लगाउनु कत्तिको उचित ?

रक्षा ढुंगाना । कोरोना भाइरसको प्रकोप सर्वप्रथम २०१९ को डिसेम्बरको मध्यमा मध्य चीनको वुहान देखिएको थियो । वुहान शहरमा एक नयाँ प्रकारको रोग देखा पर्यो धेरै मानिसहरूमा बिना कारण निमोनिया हुन शुरू भयो र यसले विकराल रुप लिदै सारा विश्वलाई आर्थिक र रणनीतिक रूपमा पछि पार्दै अघि बढेको चीन नराम्ररी थलिन पुग्यो । जसको कारण चीनले ३३०० जना को क्षती व्योहोरे संगै ८१४३९ यो रोग बाट संक्रमित रहेका छन् ।

कोरोना भाइरस आज अन्टार्क्टिका बाहेक अरू सबै महादेशमा तिव्र रुपमा फैलिरहेको छ । चीन, अमेरिका, रसिया देखि इरान र अब नेपाल भारत लगायतका देशमा फैलिएको छ । सारा देश मौनतामा डुबेका छन् । हाल एउटा अचम्मको सुनसानपूर्ण वातावरण सम्पूर्ण विश्वको रहेको छ । यस्तो तिव्र महामारी पहिले कहिल्यै देखिएको थिएन । आजसम्म को अवस्था हेर्ने हो भने कोरोना संक्रमित को संख्या ६,७७,७०५ रहेको छ भने मृत्यु हुनेको संख्या ३१,७३७ नाघेको छ । यदि समयमै स्व अनुशासित भइएन र समय रहंदै उचित कदम चालिएन भन यो अझ बढी खतरनाक हुन सक्छ भन्ने दाबी गरिएको छ । आज सम्म पनि कोरोना भाइरसको खोप पत्ता लागेको छैन र यो खोप कसले बनाउँछ कुन देशबाट आउँछ, यो अहिलेसम्म थाहा छैन । तर विश्वभर कोरोना फैलिनु लाई लिएर केही देशहरु बीच विवादहरु जारी छन् । कोरोना भाइरसले गरेको विश्व विनाश संगै विश्वभर चीन र चीनका मानिसहरू विरुद्ध घृणा उत्पन्न भएको छ । मानिसहरू ट्विटर फेसबुक लगायतका सामाजिक संजाल मार्फत क्रोध निकाल्दैछन् । धेरै मानिसहरूले सामाजिक संजाल मार्फत कोरोना भाइरसलाई कुम्फु भाइरस, चाइना भाइरस र कम्युनिष्ट भाइरस जस्ता ह्यासट्यागहरू प्रयोग गरिरहेका छन् ।

यसमा कुनै विवाद छैन कि जुन गतिले चीनले सारा विश्वलाई आर्थिक र रणनीतिक रूपमा हावी गरिरहे संगै अमेरिकाले चीन संग ट्रेड वारमा आमने सामने गरिरहेको थियो । तर चीनले जुन तरीकाले विश्व बजारमा आफ्नो प्रभुत्व स्थापित गरेको थियो जहा अमेरिकाले यसलाई जित्न असम्भव थियो । धेरै अमेरिकी राजनीतिज्ञ र दक्षिणपन्थी समूहका कार्यकर्ताहरू लगायत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई बारम्बार चिनियाँ भाइरस भनेर चिनाउँदा चीनमा पनि मानिसहरूमा दुव्यवहार बढेको छ । यो अवस्था आउनुमा कुनै एकल देश कोरोना भाइरस संक्रमणको लागि जिम्मेवार छैन । हाम्रो बयान र विचार सन्तुलित हुनु धेरै महत्त्वपूर्ण छ । जसरी केही समय अघि डेमोक्र्या्टिक रिपब्लिक कंगो इबोला भाइरसको लागि जिम्मेवार थिएन, त्यस्तै कोरोनाको लागि चीनलाई दोष दिनु गलत हुन सक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]