Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

खुल्यो मेरो माइक्रोफाइनान्सको शेयर कारोबार

admin २०७३ असार २१ गते
सेयर:

mero microfinanceमंगलबारबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर कारोबार खुलेको छ । नेप्सेले कम्पनीको प्रतिकित्ता शेयरमूल्य न्यूनतम् १ सय ३१ रुपैयाँदेखि अधिक्तम ३ सय ९२ रुपैयाँ तोकेको छ । 
 
गत साता माइक्रोफाइनान्सले प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गराएको थियो । कम्पनीले ५ लाख ५६ हजार ९ सय २० कित्ता सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारीहरूलाई २४ हजार ४ सय ८० कित्ता तथा सामूहिक लगानी कोषहरुलाई ३० हजार कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको १३ लाख ८८ हजार कित्ता समेत गरी २० लाख कित्ता शेयर नेप्सेमा सूचीकरण गरेको हो । कम्पनीले गत फागुनमा ६ लाख १२ हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो ।


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।