युथ एण्ड बैंकिङ : कोरोनाले जुराईदिएको अवसर

खडक रोकाया –

दिनदिनैको कोलाहल उही काम जतिखेर पनि हतार हतार र समय गएको पत्तै नपाइने दैनिकीका बीच एक्कासी कोरोनाको आगमनले सबैतिर ब्रेक लागेको छ । बिश्व नै लकडाउनको अवस्थामा पुगेको छ । अर्थतन्त्रमा के कस्ता नकारात्मक असर पर्छन पछि आउने अध्ययनले रिपोर्ट देला र त्यसलाई पनि हामीले नै बेहारौला । तर आज नितान्त फुर्सदको समयको कसरी सदुपयोग गर्ने र बढी भन्दा बढी कसरी सुरक्षित रहने भन्ने बारे चर्चा गरौं ।

परिवारसंग छलफल र घरमै रमाईलो
कोरोनाले परिवारका सदस्यहरु संग मात्रै समय बिताउने यस्तो अवसर जुराईदिएको छ । परिवारको लागि यो समय उपयुक्त समय हो । ईष्टमित्र भेटघाट, साथीभाई संग रमाईलो गर्ने समय यो होईन । परिवारका सदस्यहरुसंग बिभिन्न बिषयमा छलफल तथा योजना बनाउने, जे जस्तो उपलब्ध हुन्छ संगै बसेर खाने र बिशेष गरि बच्चा हुनेहरुका लागि बच्चाहरुको मनोबिज्ञान अध्ययन गर्ने उपयुक्त समय हो । घरकै सामुहिक सरसफाई, आगन तथा बारीको सरसफाई गर्ने र अन्यलाई पनि त्यो कुरा सेयर गर्ने र प्रेरित गर्ने यो अहिले सम्मकै उपयुक्त समय हो । घर अगाडीको रोड तथा बाटो पनि सफा राखि धुलो धुवा अझै कम गर्ने र एलर्जी तथा रुघाखोकी बाट टाढै रही कोरोनाको संक्रमणबाट बच्ने उत्तम उपाय पनि हो ।
संचारमाध्यम र सामाजिक संजालका चाहिने नचाहिने कुराहरुबाट नआत्तिएर आफ्नो तयारीमा कमी आउन नदिने समय हो । लक डाउन लाई हामीले पुर्ण साथ दिनु पर्छ अन्यथा यो भन्दा झन नराम्रो परिणाम भोग्न हामी तयार हुनुपर्छ । उपलब्ध हुन सक्ने निम, अदुवा, लसुन, मह, कागती, तातोपानी खाने र साबुनपानीले बारम्बार हात धोएर सफा राख्ने समय हो । यो समय आफैतिर फर्केर आफैलाई बुझ्ने समय पनि हो ।

अध्ययन तथा संगितको आनन्द लिऔं
आफुलाई मन पर्ने पुस्तक पढ्नलाई यो उपयुक्त समय हो । आफुसंग भएका तथा अनलाईन बाट उपलब्ध हुने पुस्तकहरु तथा युटु्बमा उपलब्ध अडियो बुकहरु सुनेर ज्ञान लिने र आफ्नो क्षमता बिस्तार गर्ने मौका हो । सेयर बजारसम्बन्धी बिषयबस्तुहरु अध्ययन गरी सो क्षेत्रको ज्ञान लिने यो भन्दा एकान्त र फुर्सदको समय सायद आउने छैन । सेयर सम्बन्धी आधारभुत कुराहरु जस्तै, कसरी लगानी गर्ने, नाफा कसरी लिने, कस्तो कम्पनीमा लगानी गर्ने, लगानी गर्दा के के कुराहरुमा ध्यान दिने, अनलाईन कारोबार तथा सेयर बजार सम्बन्धी कानुनी ब्यबस्था आदी कुराहरु अध्ययन गर्न सकिन्छ ।
संगित सुन्नु आफैमा एक आन्तरिक औषधी हो । संगितले हाम्रो प्रणालीमा हलचल पैदा गर्छ र सबै चिजहरु आफ्नो काम कुशलताले गर्न थाल्छन । अझ शब्द रहितको संगितले बढी चाडो हाम्रो शरीरमा प्रतिक्रिया पैदा गर्छ । शब्दले कसैको मनोबिज्ञान बोलिरहेको हुन्छ र संगितको वास्तविक स्वाद थाहा हुदैन हामी संगितभन्दा गायकको भावनामा बढी बग्छौं त्यसैले संगित सुनौं । अर्को बिकल्प हामी डान्सको अभ्यास पनि गर्न सक्छौ जसले गर्दा हाम्रो ब्यायाम पनि हुन्छ । यो समयको सही सदुपयोग गरौं ।

सम्पर्कमै रहौं, जोखिममा नपरौं
आफुबाट टाढा रहेका परिवारका सदस्य तथा आफ्नो कार्यालयका साथीहरुसंगको सम्पर्क मै रही आफ्नो भौतिक अनुपस्थिमै हुन सक्ने सहयोग गरौं । बिरामी नै भएपनि प्रोटोकल मिलाएर मात्रै भेटघाट गरौं । एकदमै सुरक्षित तरिकाले आफ्नो ठाँउ वरीपरीको अवस्थालाई ध्यानमा राखी अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कौं । संघीय सरकार, प्रदेश सरकार तथा स्थानिय सरकार र नेपाल राष्ट बैंकबाट जारी हुने सुचनाहरु पढौं र सोही अनुसार गरौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *