२०७६ चैत्र ११ गते

नेपालको संकट समाधान र समृद्धिको एक मात्र आधार “कृषि”

अशोक बहादुर टंडन –

 बिश्व कोरोना भाइरस माहामारी ले आक्रान्त छ, अहिलेको अवस्थामा हजारौंले ज्यान गुमाउनु परेको छ भने लाखौ जनतालाई रोगले ग्रसित बनाएको छ । बिश्वभरका आमनागरिक यसको प्रत्यक्ष अप्रत्यक्ष मारमा परेको अवस्था छ । बिश्वका शक्तिशाली मुलुकले समेत ठुलो आर्थिक क्षती गुमाउन पर्ने प्रक्षेपण गर्दै छन्, आम मानिसको दैनिक जीवन कष्टकर बन्दै गएको छ । दैनिक जीवनयापन गर्ने आवश्यकिय बस्तुको अभाब वा मुल्य वृद्धि हुँदै गएको छ । नेपाल जस्तो कृषिप्रधान मुलुक भनेर गनिएपनि धेरै जसो कृषि जन्य बस्तु आयात गर्नु पर्ने अवस्था छ । रेमिट्यान्सले अर्थतन्त्र धानेको छ जसको माध्यम बाट सजिलै अन्य मुलुक उत्पादन भएका कृषि जन्य बस्तु महङ्गो मुल्य आयात गर्नुपर्ने बाध्यता को कारण स्वधान्तर घाटा खर्बौ पुगेको छ । तराईमा कृषिजन्य भुमी घडेरीमा परिणत भएको छ भने पहाडको कृषि जन्य जमिन बाझो छ । गाउँ युवा बिहिन भएको छ कि त रोजगार को लागि शहर पसेको छ वा वैदेशिक रोजगारीका लागि बिदेशीएको छ । शहर त शहर भयो आयातित बस्तु उपभोग गर्ने नै भए गाउँमा पनि आयातित बस्तु उपभोग गर्ने चलन वृद्धि भएको छ । बिदेशबाट आएको रेमिट्यान्सले आर्थिक क्रियाकलाप सजह त बनायो तर आधारभुत रुपमा अर्थतन्त्रको बलियो जग हाल्न सकेन जसको कारण बिश्वअर्थतन्त्रमा परेको प्रभावले हाम्रो अर्थतन्त्र हल्लीरह्यो । झन् यस्तो संकटका बेलामा हामीसङ्ग पर्याप्त खाधान्न भण्डार भएको भए आपतकालिन बेलामा कृषिजन्य बस्तु निर्यात गर्न सकिन्थ्यो वा आन्तरिक रुपमा आतिनु पर्ने अबस्था हुने थिएन । अब बोल्ने बेला होइन गर्ने बेला आएको छ सरकारले कृषि लाई पहिलो प्राथमिकता राखी कृषि काम लाई महत्व दिनु का साथै यसको प्रवद्र्धनलाई सहजीकरण गर्ने बेला भएको छ । संकटले संकट मात्र सिर्जना गर्दैन यसले आर्थिक समृद्धिका लागि ठुलो शिक्षा प्रदान गर्छ । फेरि एकपटक कृषि नै संकट समाधान र समृद्धि आधार आधारस्तम्भ हो भन्ने प्रमाणित गर्ने बेला आएको छ ।