March 23rd, 2020

मंगलबारदेखि ‘लकडाउन’ ! कसैलाई बाहिर ननिस्कन सरकारको निर्देशन

बैंकिङ खबर । सरकारले म‌ंगलबार बिहान ६ बजेदेखि पुरै देशैभरी लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर लक डाउन गर्ने र सरकारी कार्यालय पनि पुरै बन्द गर्ने निर्णय गरेको हो । लक डाउनमा यातायात, हवाइसेवा बन्द हुनेछन् । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका र अनुमति प्राप्त व्यक्ति तथा सवारी साधन बाहेक अरु कसैलाई घर बाहिर निस्कन दिइने छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]