March 17th, 2020

अनुशासनमा नबस्ने बैंकिङ कर्मचारीलाई केके हुन्छ सजाय ?

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाका कर्मचारी सेवासम्बन्धी विनियमावलीको परिच्छेद – ९ मा अनुशासनमा नरहने एवम् तोकिएको आचरण पालना नगर्ने, आफ्नो पदीय मर्यादा नरहने कर्मचारीहरुलाई गरिने कारबाहीसम्बन्धी व्यवस्था गरिएको छ । कस्तो कार्यका लागि कस्तो सजाय हुने भन्ने विषयमा स्पष्ट व्यवस्था गरिएको छ ।

यस विनियमावलीको आचरण र अनुशासन सम्बन्धी विनियमहरुको उल्लंघन गर्ने वा आफ्नो कर्तव्य राम्रोसँग निर्वाह नगर्ने कर्मचारीलाई यस विनियमावलीका अन्य प्रावधानहरुको प्रतिकूल नहुने गरी पहिलोपटक सचेत गराउन सकिनेछ । यस्तो सचेत गराउँदा पनि अटेर गर्ने कर्मचारीलाई उचित र पर्याप्त कारण भएमा देहाय बमोजिमको सजाय गर्न सकिनेछः

१. चेतावनी वा नसिहत दिने
देहायको अवस्थामा कर्मचारीलाई चेतावनी वा नसिहत दिन सकिनेछः
आफूभन्दा माथिल्लो तह, समान तह वा तल्लो तहमा रहेका कर्मचारीसंग दुव्र्यवहार गरेको पाइएमा ।
सम्बन्धित विभागीय प्रमुखको पूर्व अनुमति नलिई समयमा कार्यालय नआउने वा कार्यालय समयमै कार्यालय छोड्ने गरेको पाइएमा ।
ग्राहकसँग अभद्र वा अशिष्ट व्यवहार गरेको पाइएमा ।
कामको सम्बन्धमा आफुभन्दा माथिल्लो दर्जाको सुपरीवेक्षक, प्रवन्धक, व्यवस्थापक वा आफुभन्दा माथिको अन्य अधिकृतहरुको कामसंग सम्बन्धित र कानून सम्मत आदेश, निर्देशन पालना नगरेमा ।

२. तलब बृद्धि रोक्का, तलब बृद्धि (ग्रेड) घटुवा, स्थायी नियुक्ति वा बढुवा रोक्का गर्ने
कुनै कर्मचारीले देहायका कार्य गरेको पाइएमा निजको तलब बृद्धि रोक्का, तलब बृद्धि (ग्रेड) घटुवा, स्थायी नियुक्ति वा बढुवा रोक्का गर्न सकिनेछः
लगातार तीन वा सो भन्दा बढी पटक सम्बन्धित विभागीय प्रमुखले दिएको मौखिक वा लिखित आदेश, निर्देशनको उल्लंघन गरेमा र÷वा तोकिएको जिम्मेवारी पूरा नगरेमा,
विभागीय प्रमुखको बारम्बारको मार्गदर्शन पछि पनि आफ्नो कार्य सम्पादन स्तर बृद्धि गर्न नसकेमा र कार्य सम्पादन मूल्याङ्कनमा कम्तीमा पचास प्रतिशत अंक प्राप्त नगरेमा,
आचारण तथा अनुशासन सम्बन्धी विनियमहरुको बारम्बार उल्लंघन गरेमा,
बिदा स्वीकृत नगराई बारम्बार कार्यालयमा अनुपस्थित भएमा,
सरुवा गरिएको/खटाइएको कार्यालयमा तोकिएको समयभित्र हाजिर नभएमा, र
तीन पटकसम्म नसिहत पाएमा ।

३. सुविधा सहित सेवाबाट हटाउने
देहायका अवस्थामा कुनै पनि कर्मचारीलाई सुविधा पाउने गरी बैंक तथा वित्तीय संस्थाको सेवाबाट हटाउन सकिनेछः
बैंक तथा वित्तीय संस्थामा वा सो भन्दा बाहिर खराव आचरण गरेमा,
कार्यालय समयमा मादक पदार्थ वा लागू पदार्थ सेवन गरेमा वा मादक पदार्थ वा लागू पदार्थ सेवन गरी कार्यालय आएमा,
आफूभन्दा माथिल्लो, समान वा आफूभन्दा तल्लो तहको कर्मचारी विरुद्व अभद्र वा आक्रामक काम कुरा गरेमा,
बारम्बार अनुशासन तथा आचार संहिताको उल्लंघन गरेको कारण बैंक तथा वित्तीय संस्थालाई निजको सेवा आवश्यक नभएको व्यहोरा अनुशासन सम्बन्धी कारवाही गर्ने अधिकारीले ठानी हटाउन सिफारिस गरेमा,
गोप्यताको शपथको उल्लंघन गरेमा,
लगातार दुई पटकसम्मको कार्यसम्पादन मूल्यांकन फाराममा न्यूनत्तम रुपमा हुनु पर्ने कार्यसम्पादन दक्षता भएको नपाइएमा,
विनियम ४८ बमोजिमकोसरुवा आदेशको पालना नगरेमा,
लगातार तीस दिन वा एक वर्षमा नब्ब ेदिन गयल भएमा, र
कर्मचारीको गलत क्रियाकलापले गर्दा बैंक तथा वित्तीय संस्थाको शाखमा वा हितमा धक्का लाग्ने भएमा वा ती कर्मचारीलाई सेवामा राखीरहँदा बैंक तथा वित्तीय संस्थालाई हानि नोक्सानी हुने सम्भावना भएमा ।

४. पारिश्रमिक कट्टा गर्ने
देहायको कुनै खराव आचरण गरेमा वढीमा एक दिन बराबरको पारिश्रमिक कट्टा गर्न सकिनेछः
कसैले लापरवाही वा हेलचेत्र्mयाई गरी वैकलाई हानि नोक्सानी पुर्याएमा,
झुठा विवरण पेश गरी सुविधा लिने प्रयास गरेमा
अभद्र व्यवहार प्रर्दशन गरेमा,

५. एक वर्षको वार्षिक पारिश्रमिक वृद्धि रोक्का, वा एक वर्ष बढुवा रोक्का गर्न सकिने
कुनै कर्मचारीले देहायका कार्य गरेको पाइएमा निजको पारिश्रमिक वृद्धि रोक्का, वा बढुवा रोक्का गर्न सकिनेछः
अख्तियार प्राप्त व्यक्तिको स्वीकृति बिना बैंक तथा वित्तीय संस्थाको सम्पत्ति कार्यस्थल बाहिर लगी प्रयोग गरेमा वा अनधिकृत व्यक्तिलाई प्रयोग गर्न दिएमा,
बैंक तथा वित्तीय संस्थाकोकारोवार विगार्ने वा/र हिनामिना गर्ने प्रयास गरेमा,
बैंक तथा वित्तीय संस्थाकोसम्पत्ति लापरवाही वा हेलचेत्र्mयाई गरी क्षति पुर्याएमा,
कार्यस्थल भित्र अन्न, पानी टेलिफोन, विद्युत सेवा वन्द गरेमा वा कार्यस्थल भित्र आवत जावत गर्न नदिएमा,
कर्मचारीको हित, सुरक्षा वा स्वास्थको लागि राखिएको वस्तु वा गरिएको व्यवस्थामा जानाजानी दुरुपयोग गरेमा वा हानि नोक्सानी पुर्याएमा,
शारीरिक रुपमा वाहेक यौन दुरव्यवहारजन्य कुनै कार्य गर्ने प्रयास गरेमा वा अन्य तवरले वोलेर वा संकेतले दुरव्यवहार गरेको पाईएमा,
बैंक तथा वित्तीय संस्था भन्दा बाहिरका व्यक्तिसँग संलग्न भई गरेको कुनै प्रकारको खराव आचरणका कारण वैकको साखमा प्रतिकुल असर पर्ने भएमा
गोप्यताको शपथको उल्लंघन गरेमा, वा गोपनीयता उल्लंघन गरेमा वा कुनै ग्राहकको व्यक्तिगत विवरण सम्वन्धी गोपनीयता सम्बन्धित अधिकारी वा सम्वन्धित ग्राहक वा निजले अख्तिायारी दिएको व्यक्तिलाई वाहेक कसैलाई दिएमा,
विदा स्वीकृत नगराई लगातार १५ दिन वा सो भन्दा बढी गयल भएमा,
बैंक तथा वित्तीय संस्थाले सरुवा गरेकोमा सो आदेशको पालना नगरेमा,

६. बैंक तथा वित्तीय संस्थाको सेवाबाट बर्खास्ती
देहायका अवस्थामा कर्मचारीलाई सुविधा नदिई बैंक तथा वित्तीय संस्थाको सेवाबाट बर्खास्त गर्न सकिनेछः
रिसवत वा घूस लिने वा दिने गरेमा वा आफूलाई गैर कानूनी फाइदा पुग्ने कार्य गरी बैंक तथा वित्तीय संस्थालाई हानि नोक्सानी पुर्याएमा,
झूठो योग्यता वा प्रमाणपत्र पेश गरी सेवामा प्रवेश गरेको पाइएमा,
फौजदारी अपराधमा अदालतबाट सजाय पाएमा,
बैंक तथा वित्तीय संस्थाको सम्पत्ति र/वा कोषको दुरुपयोग गरेमा ।
कार्यस्थलमा कसैको सम्पत्ति चोरी गरेमा,
बैंक तथा वित्तीय संस्थाको आर्थिक कारोवारमा वा ग्राहकसंगको कारोवारमा वा अन्य जुनसुकै कारोवारमा हिनामिना गरेमा,
बैंक तथा वित्तीय संस्थाको वा आफनो जिम्मामा रहेको वा प्रयोगमा रहेको कुनै सम्पत्तिलाई जानी जानी क्षति पुर्याएमा,
आफु कार्यरत रहेको बैंक वा कार्यस्थलमा हानि नोक्सानी पुर्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाको उत्पादन सुत्र, विशेष प्रविधि सम्वन्धी गोपनीयता भङ्ग हुने कुनै काम गरेमा,
बैंक तथा वित्तीय संस्थाको कार्य प्रकृतिसँग मिल्दो प्रतिस्पर्धीसँग मिलेर काम गरेमा वा आफैँले प्रतिस्पर्धी कार्य सञ्चालन गरेमा वा प्रस्पिर्धीलाई आफु कार्यरत बैंक तथा वित्तीय संस्थाको गोप्य सूचना दिएमा,
कार्यालय समयमा लागू पदार्थ वा मादक पदार्थ सेवन गरी आएमा वा सेवन गरेमा,
कसैले कार्यस्थलमा वा कामको सिलसिलामा अनुचित प्रभावमा पारी कसै उपर यौेन दुव्र्यवहार मानिने कुनै कार्य गरेमा वा शारिरिक स्पर्श गरेमा वा अन्य तवरले यौन प्रताडना मानिने कार्य गरेमा,
तीन वर्ष भित्र खराव आचरण गरे वापत विनियमावली वमोजिम दुई पटक वा सो भन्दा भन्दा बढी कुनै सजाय पाएमा, वा
बैंकिङ्ग कसुर तथा सजाय ऐन वमोजिम कसुर मानिने कुनै प्रकारको खराव आचरण गरेमा वा ग्राहकको ब्यबसायमा हिस्सेदार बनेमा वा ग्राहकको तर्फबाट ब्यापारिक कारोवारमा संलग्न भएमा ।