Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

नेरुडे लघुवित्तद्धारा नक्कली ऋणी तयार गरी ठगी, संचालकहरुसमेत निगरानीमा

२०७६ फाल्गुन ३० गते

बैंकिङ खबर । नेरुडे लघुवित्तका कर्मचारीले नक्कली ऋणी तयार गरी डेढ करोड जिनामिना गरेका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित शाखा कार्यालयका कर्मचारीले एक करोड ६१ लाख ७६ हजार रुपैयाँ रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेका छन् ।

पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाई बैंकमा जम्मा नगरी एक करोड ६१ लाख ७६ हजार आठ सय ६० हिनामिना गरेको देखिएको छ । यसका अलावा त्यत्रो ठूलो रकम हिनामिनामा ती दुईजनाको मात्रै हात नरहेको आशङ्का गर्दै वित्तीय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि उच्च निगरानी राखिएको छ ।