March 7th, 2020

कोरोना भाइरसका कारण ‘रेमिट्यान्स र विदेशी मुद्रा संतिचि’ मा गम्भिर असर

बैंकिङ खबर । विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा रेमिट्यान्स आप्रवाहमा ठुलो प्रभाव पार्ने देखिएको छ । वैदेशिक रोजगारीमा नेपालीहरु गएका प्रायः मुलुकमा कोरोना संक्रमणका कारण ठूला ठूला कम्पनीहरु नै बन्द गर्नुपर्ने अवस्था आएका कारण नेपालीहरुको रोजगारीमा समेत असर पर्न गई आम्दानी कम हुने र नतिजास्वरुप रेमिट्यान्स आप्रवाहमा कमी आउने देखिन्छ । त्यसमाथि कोरोना भाइरसकै कारण वैदेशिक रोजगारिमा जानेको संख्या कम हुने हुँदा रेमिट्यान्स क्षेत्रमा ठुलै प्रभाव पर्ने देखिन्छ । रेमिट्यान्सले नै धानेको नेपालको अर्थतन्त्रमा यसको दिर्घकालीन असर पर्ने देखिन्छ । चीनमा देखिएको कोरोना संक्रमणको प्रभाव अन्तरराष्ट्रिय बजारमा तेलको माग र मूल्यमा देखिन थालेको छ । पेट्रोलियम पदार्थको मूल्यमा आउने कमीले आयात व्यवस्थापनलाई सहज बनाउने भएता पनि विप्रेषण आप्रवाह प्रभावित हुने सम्भावना रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्स र पर्यटन व्यवसायमा पर्ने असरका कारण विदेशी मुद्रा संचितिमा असर पर्न जान्छ ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गर्ने घोषणा गरिसकेको छ । यसले कोरोना भाइरसका कारण वित्तीय क्षेत्रमा हुने क्षति क मगर्न केही सहयोगी भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ । यतिबेला विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । २०१९ डिसेम्बरमा चिनमा देखा परेको यो भाइरस अहिले संसारका थुप्रै देशहरुमा फैलिरहेको छ ।

पर्यटन क्षेत्र र विदेशी मुद्रामा पनि ठुलो असर

नेपालको पर्यटन क्षेत्रलाई यसले अर्को समस्या सृजना गरेको छ । पर्यटन बर्ष स्थगित भएको छ भने पर्यटन व्यबसाय नै धरासायी बनने स्थििति सृजना भएको छ । विश्वव्यापी रुपमा फैलिएको यस भाइरसका कारण अन्तर्राष्ट्रिय उडानहरु कम भइसकेका छन् । पर्यटनसँगै अन्तराष्टिय मुद्रा अर्थात विदेशी मुद्रा भित्रिने भएका कारण यसको प्रभाव विदेशी मुद्रा संचितिमा पर्ने छ । अहिले विश्व अर्थतन्त्र नै प्रभावित बन्न पुगेको छ । देशहरुबीचको व्यापार नै ठप्प पार्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपालमा यसको प्रभाव झन् उल्लेख्य रुपमा परेको छ । २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सुरु गरिएको भिजिट नेपाल २०२० नै स्थगित गर्नुपरेका कारण यस कार्यक्रमका लागि गरिएको लगानी र योजना खेर गएको छ । विदेशी सामानमा निर्भर भएका व्यवसायहरु बन्द हुने अवस्थामा पुग्नेछन्, जसकारण आर्थिक कारोबार घट्न गई बैंकिङ क्षेत्र प्रभावित हुने देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]