Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

राष्ट्र बैंकको स्वयत्तता जोगाउँदै विदा हुने तयारीमा गभर्नर डा. चिरंजीवि नेपाल

२०७६ फाल्गुन २१ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले राष्ट्र बैंकको स्वयत्तता जोगाउँदै विदा हुने तयारी गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले डेपुटी गभर्नर मार्फत राष्ट्र बैंंकलाई विभिन्न काम गर्न निर्देशन दिएका थिए । ती निर्देशनलाई वेवास्ता गर्दै राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समिक्षा मार्फत केही सहज नीति समेत अलम्बन गरेको छ । आगामी चैत ५ गते डा. चिरंजीवि नेपाल पाँचबर्षे अवधि पुरा गरी गभर्नर पदबाट विदा हुँदैछन् । तिब्र राजनीतिक हस्तक्षेप, सरकार परिवर्तन जस्ता समस्यालाई सामना गर्दै आफूले अघि सारेका योजना पुरा गरेर उनी बाहिरिँदै छन् । उनले २ अर्ब पुँजी रहेको वाणिज्य बैंंकको पुँजी बृद्धि गरी ८ अर्ब बनाउने योजना आफ्नै कार्यकालमा पूर्ण रुपले सफल बनाए । संकटमा रहेका केही वित्तीय संस्थाहरुलाई मर्जर मार्फत बलियो बनाउनुका साथै वित्तीय पहुँच बृद्धि र बैंसिकङ शाखाको विस्तार गभर्नर डा. नेपालका सफल कामका रुपमा चित्रित छन् ।
पछिल्लो समय राष्ट्र बैंकको स्वयत्तत्तालाई अर्थमन्त्रीले हस्तक्षेप गर्दै आएका छन् भने संसदमा पेश गरिएको बाफियाले नीतिगत रुपमै राष्ट्र बैंकलाई कम्जोर बनाउन खोजेको छ । अब आउने नयाँ गभर्नरलाई यी कुरा चुनौती बनेका छन् । नयाँ बन्ने गभर्नरलाई नीतिगत कार्यमा सहजीकरण गर्नका लागि गभर्नर डा. नेपालले मौद्रिक नीतिमा धेरै परिवर्तन गरेनन्। बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर छलफल गरी अर्थमन्त्रीले अघि सारेका विषयमा समेत वेवास्ता गर्दै उनले राष्ट्र बैंंकको अधिकार र स्वयत्तत्ता जोगाएका छन् ।