February 14th, 2020

साताभर केके भयो वित्तीय क्षेत्रमा ? हेरौँ प्रमुख खबरहरु

बैंकिङ खबर । यो साता नेपाल धितोपत्र बोर्डले विभिन्न नियमावलीहरु संशोधन गर्दै शेयर बजारमा नयाँ व्यवस्था ल्यायो । यसै साता नयाँ स्टक डिलर कम्पनीको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भयो । अन्य गतिविधिहरु पनि यो साता वित्तीय क्षेत्रमा भएका छन्ः

वाणिज्य बैंक र नागरक लगानी कोषले शेयर ब्रोकरको काम गर्न पाउने
बाणिज्य बैंक र नागरिक लगानी कोषले पनि शेयर ब्रोकरको काम गर्न पाउने भएका छन् । साविकको धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, सामूहिक लगानी कोष नियमावली, २०६७ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा गरिएको संशोधनमा यस्तो व्यवस्था गरिएको हो । संशोधित व्यवस्थाअनुसार संचालनमा रहेका २७ बाणिज्य बैंक सहित कर्मचारी र नागरिक लगानी कोषले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य सक्ने छन् ।

नागरिक लगानी कोषले खोल्यो स्टक डिलर कम्पनी
नागरिक लगानी कोषले सहायक कम्पनीको रुपमा स्टक डिलर कम्पनी दर्ता गराएको छ । पाँच अर्ब चुक्तापुँजी भएको नागरिक स्टक डिलर कम्पानी लिमिटेडमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दुरसञ्चार कम्पनीको नौ प्रतिशत शेयर रहेको छ । कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ ।

स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई गाभ्ने
स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई गाभ्ने भएको छ । दुई संस्थाबीच मंगलबार सम्झौता भएको हो । स्वरोजगारले जनकपुरलाई १००ः७० को स्वाप रेसियोमा गाभ्न लागेको हो । अन्तिम स्वाप भने डिडिए प्रतिवेदनको आधारमा तय हुने छ । हाल स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार छ भने जनकपुर लघुवित्तको चुक्ता पूँजी तीन करोड ४७ लाख ५० हजार रुपैयाँ छ । प्राप्तिपछि कम्पनीको चुक्ता पुँजी ३६ करोड ५९ लाख रहेको छ ।

प्राइम बैंकले साढे तीन अर्बको ऋणपत्र जारी गर्ने
प्राइम कमर्सियल बैंकले तीन अर्ब ५० करोड रुपयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले बिक्रि प्रबन्धक चयन गरेको छ । बैंकले जम्मा ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा २१ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) र १४ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुने छ । आठ बर्षको समयवधिमा रहेको ऋणपत्रमा लगानीकर्ताले १०.५ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]