बैंकिङ खबर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरेक आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमा आबद्ध गर्न सरकारलाई निर्देशन दिएको छ । नगदमा हुने कारोबारलाई क्रमशः न्यूनीकरण गरिए भ्रष्टाचार नियन्त्रण गर्न सकिने भन्दै आयोगले आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमा अनिवार्य गर्न निर्देशन दिएको छ ।
बैंकिङ प्रणालीबाहिर भएका कारोबारका कारण आर्थिक चलखेल बढेको विकास निर्माणको काममा सुस्तता देखिएको एवम् कालोधनको मात्रा बढेको आयोगको तर्क छ । यसको न्युनीकरणका लागि बैंकमार्फत निकासा दिने तथा भुक्तानी बिल कम्प्युटराइज्ड गर्ने व्यवस्था मिलाउनुपर्नेमा आयोगले जोड दिएको छ ।
सम्पत्ति शुद्धिकरण विभाग अख्तियारको मातहतमा हुनुपर्नेमा पनि जोड दिइएको छ ।


