January 13th, 2020

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को सम्भावित प्रश्न र उत्तर


प्रदिप खतिवडा ।

१. नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ मा बैंकको अधिकृत तथा सहायक श्रेणीका रीक्त पदमा नियुक्ति वा बढुवाद्धारा पूर्ति गर्न गठन गरीएको पदपूर्ति समितिको समितिको संरचना र यसको काम कर्तव्यबारे प्रष्ट पार्नुहोस् ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को परिच्छेद ३ मा पदपूर्ति र पदाधिकार सम्बन्धि व्यवस्था गरेको छ । यस विनियमावलीको विनियम १० मा राष्ट्र बैंकको सेवाको अधिकृत तथा सहायक श्रेणीको रीक्त पदमा नयाँ नियुक्ति वा बढुवाद्धारा पूर्ति गर्नको लागि गभर्नर समक्ष सिफारिस पेश गर्न देहायबमोजीमको पदपूर्ति समिति रहने व्यवस्था छ ।
(क) वरिष्ठ डेपुटि गभर्नर – अध्यक्ष
(ख) डेपुटि गभर्नर – सदस्य
(ग) प्रतिनिधि, सहसचिवस्तर , लोकसेवा आयोग – सदस्य
(घ) प्रतिनिधि, सहसचिवस्तर , अर्थमन्त्रालय – सदस्य
(ङ) प्रमुख, जनशक्ति व्यवस्थापन विभाग – सदस्य सचिव

पदपुर्ति समितिको अध्यक्षको अनुपस्थितिमा डेपुटी गभर्नरले सो समितिको बैठकको अध्यक्षता गर्नेछ ।
यस विनियमावलीको विनियम १३ मा पदपूर्ति समितिको काम र कर्तव्य देहायबमोजिम रहने व्यवस्था गरेको छ ।
(क) बैंकको सेवामा रीक्त रहेका पदहरु पूर्ति गर्न छनौटको प्रक्रिया, पदपूर्तिको प्रतिशत र प्रतियोगिताको किसिम निर्धारण गर्ने ।
(ख) प्रत्येक आर्थिक वर्षको लागि लोकसेवा आयोगबाट स्वीकृत वार्षिक कार्यतालिकाको आधारमा सामान्यतया सोही आर्थिक वर्षभित्रमा पदपूर्ति कार्य सम्पादन गर्ने
(ग) खुला तथा आन्तरिक प्रतियोगिताद्धारा पूर्ति गर्नुपर्ने पदको लागि पाठ्यक्रम तयार गर्ने, विज्ञापन गर्ने, प्रयोगात्मक परीक्षा लिने र लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतीजा प्रकाशित भएपछि अन्तर्वाता लिई छनौट गर्ने
(घ) बढुवाद्धारा पूर्ति गर्नुपर्ने रीक्त पदका लागि बढुवाका आधार अनुसार मूल्याङ्कन गरी योग्यताक्रम अनुसार पदपूर्ति गर्न सिफारिस गर्ने
(ङ) छनौट भएका उम्मेदवारहरुलाई नियुक्ति वा पदस्थापन गर्न गभर्नर समक्ष सिफारिस गर्ने

निष्कर्षमा नेपाल राष्ट्र बैंकको सेवाका लागि पदपूर्ति गर्नुपर्ने कार्यका लागि गठन भएको पदपूर्ति समितिले निष्पक्षता, योग्यता प्रणली र समतामा आधारीत भर्ना तथा छनौट कार्य गर्दा प्रतिष्पर्धि, समावेशी र बैंकको आवश्यक्ता बमोजिमको जनशक्ती नेपाल राष्ट्र बैंकले प्राप्त गर्दछ ।

२. नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ मा कर्मचारी सरुवा सम्बन्धि कस्तो व्यवस्था गरेको छ प्रष्ट पार्नुहोस् ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को परिच्छेद ५ मा कर्मचारी सरुवा सम्बन्धि देहायका व्यवस्थाहरु गरेको छ ।
यस विनियमावलीको विनियम ४४ मा बैंकका सबै तहका कर्मचारीहरुको सरुवा गर्ने अधिकार गभर्नरमा हुने र आवश्यक्ता अनुसार गभर्नरले अधिकार प्रत्यायोजन गर्न सक्ने व्यवस्था छ ।
विनियम ४५ मा कर्मचारी सरुवाका आधारहरुको व्यवस्था गरेको छ, जसलाई संक्षेपमा निम्नानुसार प्रस्तुत गरेको छ ।
अधिकृत स्तरलाई विभिन्न विभाग वा कार्यालयहरुमा अनुभव गराउन सरुवा गराउने
कानुन विज्ञ अधिकृत वा प्राविधिक सेवाका अधिकृतलाई काठमाडौं बाहिर आवश्यक्ता नभएमा सरुवा नगर्ने
कर्मचारी विरामी भएमा, विभागीय कार्वाही गर्नुपर्नेमा निजलार्य सो कार्यालयमा राख्न नमिलेमा तोकिएको अवधि नपुग्दै सरुवा गर्ने
सहायक स्तरका र श्रेणी विहिन कार्यालय सहयोगीलाई पदस्थापनको ३ वर्ष वा बढुवा नभई सरुवा नगर्ने
पति वा पत्नी दुवैजना बैंकको सेवामाम भए एउटै कार्यालयमा पदस्थापना हुने
संवेदनशील कार्य वा विशेष परीयोजनामा कार्य सम्पन्न नभई सरुवा नहुने
यस विनियमावलीको विनियम ५० मा कर्मचारी सरुवा भई जादा कर्मचारीको जिम्मको नगद, जिन्सी र कागजपत्र सम्बन्धित अधिकृतको रोहबरमा बरबुझारथ गर्नुपर्ने व्यवस्था छ ।
निश्कर्षमा जनशक्तीको सरुवाले विभिन्न कार्यालयको सेवा अनुभव प्रप्त हुन्छ जसले गर्दा वृद्धि विकास प्रभावकारी भएर जान्छ साथै आन्तरिक नियन्त्रण, पारदर्शीता, कर्मचारी उत्प्ररणा समेत बढ्ने भएकोले बैज्ञानिक अनुमानयोग्य र समतामा आधारीत सरुवा गरीनु पर्दछ ।

३. नेपाल राष्ट्र बैंकमा कर्मचारी बढुवा गर्दा मूल्याङ्कन बढुवाका आधारहरु के कस्तो रहेको छ प्रष्ट पार्नुहोस् ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को परिच्छेद ६ मा कर्मचारी बढुवा सम्बन्धि व्यवस्था गरेको छ । यस विनियमावलीको विनियम ५१ म उत्कृष्ट पेशागत प्रतिभा, कार्यसम्पादन गर्ने क्षमता, दक्षता, जिम्मेवारी बहन गर्न सक्ने खुबी तथा बैंकप्रति बफादार भई कार्य गर्ने कर्मचारीको लागि वृद्धि विकासको अवधारणाको आधारमा बढुवा गर्ने व्यवस्था छ । यसका लागि यसै विनियमावलीको विनियम ५३ मा जेष्ठता, शैक्षिक योग्यता, कार्यसम्पादन, मूल्याङ्कन र भौगोलिक क्षेत्रको अनुभवलाई बढुवा मूल्याङ्कनको आधारहरु मानेको छ ।

यस सम्बन्धि थप व्यवस्थाहरु देहाय बमोजिम छन्
यस विनियमावलीको विनियम ५४ मा हाल बहाल रहेको पदमा काम गरेको प्रत्येक वर्षको लागि १० अङ्कको दरले कुल ७० अङ्कमा ननाघ्नेगरी जेष्ठताका लागि अङ्क प्रदान गर्ने व्यवस्था छ ।
यस विनियमावलीको विनियम ५५ मा बढुवा मूल्याङ्कनका लागि शैक्षिक योग्यताको अंक सम्बन्धि व्यवस्था गरेको छ । जसमा अधिकृत तृतीय, द्धितीय र प्रथम श्रेणीका लागि एकमुष्ठ स्नातक तहको लागि १६ अंक, स्नातकोतर तहका लागि १८ अंक र P.H.D. को लागि २० अंक प्रदान गर्ने व्यवस्था छ ।

सहायक प्रथमका लागी १०ं+२ मा १६ अंक र स्नातकमा १८ अंक र स्नातकोतरका लागि २० अंकको व्यवस्था छ ।
सहायक द्धितियका लागि SEE वा सो सरहका लागि १६ अंक १०+२ का लागि १८ अंक र स्नातक तहका लागि २० अंकको व्यवस्था छ ।
त्यसैगरी प्राविधिक सेवातर्फका लागि बैंकले तोकेको न्युनतम शैक्षिक योग्यता वापत १६ अंक सो भन्दा १ तह माथि १८ अंक र १ तहभन्दा जतिसुकै माथि भएपनि २० अंकको व्यवस्था छ ।

खतिवडा नेपाल सरकारको शाखा अधिकृतका रुपमा कार्यरत छन् ।