Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा र सुभेच्छा गाभिएर गरिमा विकास बैंक बन्दै

admin २०७३ असार १५ गते
सेयर:

गरिमा विकास बैङ्क लिमिटेड र सुभेच्छा विकास बैङ्क लिमिटेड एकआपसमा गाभिने भएका छन् । यी दुई विकास बैंक गाभिएर गरिमा विकास विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । 

सोही मर्जरको प्रस्ताव पारित गर्नका लागि गरिमाले असार ३० गते होटल पोखरा ग्राण्ड, विरौटा पोखरामा विशेष साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनको लागि कम्पनीको दर्ता पुस्तिका वैशाख ९ गते देखि बन्द रहेको छ ।

सोही प्रस्ताव पारित गर्नका लागि सुभेच्छाको साधारण सभा पनि असार ३० गते दरचोक गाविस, कुरिनटार चितवनमा बस्दैछ । सो सभा प्रयोजनको लागि कम्पनीको दर्ता पुस्तिका पनि वैशाख ९ गतेदेखि बन्द रहेको छ ।

merger

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।