भूकम्पपीडितले २ किस्तामा अनुदान पाउने भएका छन् । नेपाली कांग्रसले एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने अडान छोडेपछि भूकम्प पीडितले अब दुई किस्तामा राहत अनुदान पाउने भएका हुन् । दलहरुबीच भएको सहमति अनुसार पहिलो किस्तामा एक लाख पचास हजार र दोस्रो किस्तामा पचास हजार अनुदान दिइने छ । त्यसका लागि विश्व बैंकको सहमति लिएर कार्यविधि परिमार्जन गर्न दलहरु सहमत भएको र छिटै नै बजेट पारित गरी रकम निकासा गरिने बताइएको छ ।