Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

नेपाल आउँदै भारतको ‘आईसीआईसीआई बैंक’

२०७६ पुष १७ गते

बैंकिङ खबर । भारतको आईसीआईसीआई बैंक नेपाल आउने भएको छ । आईसीआईसीआईले नेपालमा प्रतिनिधि कार्यालय खोल्न लागेको हो । यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिएर अन्य आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।

आईसीआईसीआई भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक हो । सन् १९९४ मा खुलेको बैंकको भारतभर ४ हजार ८ सय ८२ वटा शाखा छन् भने १५ हजार १ सय १ एटीएम छन् । बैंकको कुल सम्पत्ति साढे १२ खर्ब रहेको छ ।