बैंकिङ खबर । वाािर्षक साधारणसभा गर्ने अन्तिम म्याद आउनै लाग्दा अधिकांश बैंक तथा वित्तीय संस्थाहरु धपेडीमा छन् । कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार पब्लिक कम्पनीको रुपमा संस्थापना भएका कम्पनीहरुले पहिलो वर्ष एक वर्ष्भित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।
केही वित्तीय संस्थाहरुले साधारणसभा गरेपनि अधिकांशले अन्तिम समयमा साधारणसभा गर्न लागेका छन् । पुष महिनाको आज १५ गते भइसकेको छ । पुष लागेपछि अहिलेसम्म ११ वटा वित्तीय संस्थाले साधारणसभा गरेका छन् । यस महिनाको अन्तिमसम्ममा ४६ वटा बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक साधारणसभा गर्दैछन् ।
पुष १७ गते कामना सेवा विकास बैंकको साधारणसभा छ भने १८ गते पोखरा फाइनान्स र इन्फिनिटी लघुवित्तको साधारणसभा छ । १९ गते नयाँ नेपाल लघुवित्त, २० गते स्वाबलम्बन लघुवित्त, २२ गते नविल बैंक, २३ गते एभरेष्ट बैंक र आरएमडीसी लघुवित्त तथा २४ गते एनएमबि बैंक र जानकी फाइनान्सले साधारण सभा गर्दैछन् ।
२५ र २६ गते ४।४ वटा वित्तीय संस्थाको साधारणसभा छ । २५ गते नेपाल बैंक, प्राइम बैंक, कैलाश विकास बैंक र ग्रामीण विकास लघुवित्तले साधारणसभा राखेका छन् भने २६ गते महुली सामुदायिक लघुवित्त, साना किसान विकास लघुवित्त, किसान माइक्रोफाइनान्स र घोडीघोडा लघुवित्तले साधारणसभा राखेका छन् । २७ गते कृषि विकास बैंक र स्पर्श लघुवित्तको वार्षिक साधारणसभा रहेको छ भने २८ गते नेपाल इन्भेष्टमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको साधारणसभा छ ।
अन्तिम दिन २२ वटाको एजीएम
पुष महिनाको अन्तिम दिन अर्थात २९ गते २२ वटा वित्तीय संस्थाको साधारणसभा छ । यो दिन साधारणसभा गर्ने वित्तीय संस्थाहरुमा सात वटा विकास बैंक, छ वटा फाइनान्स कम्पनी र बाँकी लघुवित्त वित्तीय संस्था छन् । विकास बैंकहरुमा लुम्बिनी, गण्डकी, कञ्चन, ज्योति, सिन्धु, सांग्रिला र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै, फाइनान्स कम्पनीहरुमा आईसीएफसी, युनाइटेड, गुडविल, गुहेश्वरी, सिटी एक्सप्रेस र समृद्धि फाइनान्स रहेका छन् भने लघुवित्तहरुमा फरवार्ड कम्युनिटी, उन्नति, समता, समिट, विजय, मिथिला, सपोर्ट र नेपाल सेवा लघुवित्त रहेका छन् ।



