Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तिम तीन नाम सिफारिश

२०७६ पुष १५ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिश भएको छ । अध्यक्ष छनौटका लागि गठित समितिले सोमबार भीष्मराज ढुंगाना, निरज गिरी र डा. केशव प्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । अब मन्त्रिपरिषद्ले यी ३ मध्येबाट एक जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने छ ।

अध्यक्ष सिफारिसको लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष आचार्य सदस्य रहेको छनोट समिति बनाएको थियो ।