Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

विदेशबाट पाँच अर्ब भित्र्याउँदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक

२०७६ मंसिर ३० गते

बैंकिङ खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले विदेशबट पैसा भित्र्याउने भएको छ । बैंकले पाँच अर्ब रुपैयाँ बराबरको अफसोर बण्ड जारी गरी विदेशी वित्तीय बजारबाट पैसा भित्र्याउन लागेको हो । आइतबार सम्पन्न पहिलो वार्षिक साधारणसभामा बैंकले यस्तो घोषणा गरेको हो । यो बण्ड लण्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने अध्यक्ष अनुज अग्रवालले बताए । बैंकले एक बर्षभित्र ८ अर्बको साधारण शेयर जारी गर्ने तयारी पनि गरेको छ।

नेपालको विकासको लागि इन्फ्रास्ट्रक्चर बैंकबाट केही योगदान पुर्याउनले अध्यक्ष अग्रवालले बताए । उनले २० अर्ब रुपैयाँ शेयर पूँजी, ५ अर्ब रुपैयाँको अफसोर बण्ड र ५० करोड रुपैयाँको निक्षेप सहित बैंक २५ अर्ब ५० करोड रुपैयाँ पुर्वाधार क्षेत्रमा लगानी गर्न सक्ने अवस्थामा पुग्न लागेको जानकारी दिए ।

हाल बैंकले कास्कीको ३२ मेगावाट क्षमताको झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा एक अर्ब ५० करोड रुपैयाँ र मिडल मेवा हाइड्रोपावर प्रोजेक्ट निर्माणको लागि एक अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गर्ने तयारी गरेको छ ।