एनआइएसी एशिया बैंकले निष्काशन गरेको पच्चिस प्रतिशत हकप्रद शेयरका लागि आवेदन दिने मिति बुधबार सकिँदै छ । बैंकले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद निष्काशन गरेको छ ।
वैशाख ३० गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद शेयर खरिदका लागि एनआईसी एशिया बैंकका सम्पुर्ण शाखा कार्यालय तथा बैंकको धितोपत्र निष्काशन तथा ब्रिक्री प्रबनध सिभिल क्यापिटल मार्केट कमलादी काठामाडौबाट आवेदन गर्न सकिने बैंकको हकप्रद शेयर निष्काशन तथा विक्रि प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
यो हकप्रद पछि बैंकको चुक्ता पुँजी ४ अर्ब ६१ करोड ८७ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । एनआइसी एशियामा सर्वसाधारण शेयर धनीको लगानी ४९ प्रतिशत र सस्थापक समूहको लगानी ५१ प्रतिशत छ ।