November 19th, 2019

राष्ट्रिय स्तरका विकास बैंकहरु : गण्डकीको नाफा घट्यो, मुक्तिनाथले सबैभन्दा धेरै कमायो

बैंकिङ खबर । राष्ट्रिय स्तरका १० वटा विकास बैंकहरुमध्ये चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । सबैभन्दा कम नाफा कामना सेवा विकास बैंकले कमाएको छ । गण्डकी विकास बैंकबाहेक सबैको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बढेको छ ।

मुक्तिनाथ विकास बैंक
चालु आर्थिक वर्षको प्रथम त्रैमसमा मुक्तिनाथ विकास बैंकले २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा एक करोड १३ लाख रुपैयाँ अर्थात ५.२३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले २१ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ११ करोड ४३ लाख रहेको छ ।

चुक्ता पूँजी तीन अर्ब ६ करोड ४७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७६ करोड ६६ लाख रुपैयाँ र शेयरधनी कोषमा ८२ करोड रुपैयाँ सञ्चित छ । असोज मसान्तसम्ममा ४४ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४१ अर्ब २६ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ५२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ करोड ६८ लाख रुपैयाँ बढी हो ।

बैंकको निष्कृय कर्जा अनुपात ०.१३ प्रतिशत छ भने प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात १०.३८ गुणा छ ।

गरिमा विकास बैंक
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमा विकास बैंकले १८ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो मुनाफा गत आर्थिक बर्षको यस अवधिको तुलनामा २१.४२ प्रतिशतले बढी हो । गत वर्षको असोजसम्ममा बैंकले १५ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकसंग सेयरधनीलाई बाड्न मिल्ने मुनाफा ६ करोड ३ लाख रुपैयाँ छ ।

चुक्तापुंजी दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँ भएको बैंकको जगेडा कोषमा ६३ करोड २० लाख रुपैयाँ छ । यस अवधिमा बैंकले ३५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी छ करोड २१ लाख रुपैयाँले बढेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँले बढेर २५.१२ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात ८.६० गुणा रहेको छ । त्यस्तै बैंकको आधार ब्याजदर ११.८८ प्रतिशतबाट घटेर ११.२० प्रतिशत कायम भएको छ । बैंकको खराब कर्जा ०.८४ प्रतिशतबाट ०.३६ प्रतिशतमा झरेको छ ।

कैलाश विकास बैंक
प्राइम कमर्सियल बैंकसँग एक्वायर हुन लागेको कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड पाँच लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको तुलनामा बैंकको खुद नाफा ५६ लाख रुपैयाँ अर्थात ३.४० प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्ष यसै अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी दुई अर्ब ५२ करोड ६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८० करोड ५२ लाख रुपैयाँ, शेयरधनी कोषमा ६२ करोड ३२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ३८ करोड ५५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्यान आम्दानी ४ करोड २२ लाख रुपैयाँले वृद्धि भएको हो । समीक्षा अवधिमा २७ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २७ अर्ब २२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको निष्कृय कर्जा अनुपात भने ०.३१ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैंया ६७ पैसा छ ।

ज्योति विकास बैंक
ज्योति विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै सात करोड बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले छ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

तीन अर्ब १० करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ३१ करोड ७७ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले ३० अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । तीन महिनामा बैंकले ३६ करोड ९६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा बढेर ०.८३ प्रतिशत पुगेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ आठ पैसा रहेको छ ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ११ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ३५ लाख रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक्ले ११ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५८ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडाकोषमा एक अर्ब १७ करोड रुपैयाँ छ । यो अवधिमा बैंकले २३ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । तीन महिनामा बैंकले ३० करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

असोज मसान्तसम्ममा बैंकको खरब कर्जा २ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५५ पैसा रहेको छ ।

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले चालु आर्थिक वषले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० करोड ६८ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा बैंकको खुद नाफा १.१२ प्रतिशतले सुधार भएको हो । गत आवको यसै अवधिमा बैंकले १० करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी तीन अर्ब ७ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ३४ करोड ३५ लाख रुपैयाँ, शेयरधनी कोषमा ६ करोड २० रुपैयाँ रहेको छ । यो अवधिमा ३३ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २७ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । संचालन नाफा घटेको बैंकले ४० करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १५ करोड १२ लाख रुपैयाँले बढेको हो ।

बैंकमा निष्कृय कर्जा अनुपात २.८५ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७५ पैसा छ ।

गण्डकी विकास बैंक
मेगा बैंकसँग गाभिने प्रकृयामा रहेको गण्डकी विकास बैंकले तीन महिनामा आठ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिको तुलनामा बैकको खुद नाफा १५.३९ प्रतिशतले घटेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी दुई अर्ब ७५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८६ करोड १४ लाख रुपैयाँ, शेयरधनी कोषमा ४५ करोड १५ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा २८ अर्ब १ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २५ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले ३४ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १० करोड ६८ लाख रुपैयाँले बढेको हो ।

बैंकमा निष्कृय कर्जा अनुपात १.१० प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा छ। बैंकको मूल्य आम्दानी अनुपात १५.८९ गुणा रहेको छ ।

देवः विकास बैंक
देवः विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा १८.५३ प्रतिशतले बढेको हो । गत वर्षको प्रथम त्रैमासमा बैंकले पाँच करोड तीन लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी तीन अर्ब १७ करोड ७१ लाख रुपैयाँ भएको बैंकको जगेडा कोषमा ३८ करोड ९ लाख र शेयरधनी कोषमा ४४ करोड ६० लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा २१ अर्ब ८६ करोड ९५लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २० अर्ब ६३ करोड ९२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले २६ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन, गत वर्षको यसै अवधिको तुलनामा ४७ प्रतिशतले बढी हो ।

बैंकमा निष्कृय कर्जा अनुपात ३.०३ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ०३ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १६.९१ गुणा छ।

सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा झन्डै दुई करोड १४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले तीन करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

दुई अर्ब ६० करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडाकोषमा ५७ करोड ४६ लाख रुपैयाँ छ । यो अवधिमा २० अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १९ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यो अवधिका बैंकले २७ करोड २६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको निष्कृय कर्जा ०.९४ प्रतिशत छ भने वार्षिक प्रतिशेयर आम्दानी आठ रुपैयाँ ४१ पैसा रहेको छ ।

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड ५८ लाख बढी हो । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा भने ९८ लाख ७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

दुई अर्ब ५४ करोड चुक्ता पूँजी रहेको यस बैंकले जगेडा कोषमा ५२ करोड ५९ लाख रुपैयाँ र शेयरधनी कोषमा ३३ करोड २७ लाख रुपैयाँ सञ्चित गरेको छ । असोज मसान्तसम्ममा बैंकले २५ अर्ब ४८ करोड ४६ लाख निक्षेप सङ्कलन गरी २१ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले २५ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा ११ करोड ११ लाख बढी हो ।

बैंकको प्रतिशेयर आम्दानी दुई रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८१ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ४७.९५ गुणा रहेको छ । बैंकको निष्कृय कर्जा घटेर १.६१ प्रतिशत कायम भएको छ । बैंकको आधारदर ११.८६ प्रतिशत रहेको छ भने स्प्रेडदर ५.३८ प्रतिशत रहेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]