युनाइटेड फाइनान्स लिमिटेडले साढे ११ लाख कित्ताभन्दा बढी मात्रामा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनिले असार ३० गतेबाट १ सय रुपैयाँ अंकित दरका ११ लाख ५९ हजार ८ सय ३६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । राष्ट्र बैंकले फाइनान्स कम्पनीको पुँजी ८० करोड रुपैयाँ हुनु पर्ने ब्यवस्था गरेपछि कम्पनीले कुल चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरी पुँजी बढाउन लागेको जनाएको छ ।