June 27th, 2016

खुल्यो दिव्यश्वरी हाइड्रोको आइपीओ, हेर्नुस् कहाँबाट दिने आवेदन ?

ipoदिब्यश्वरी हाइड्रोले सोमबारदेखि १०० रुपैयाँ अंकित दरका ३ लाख ६८ हजार २८० कित्ता साधारण सेयर निष्कासन (आईपिओ) निष्काशन गरेको छ । सर्वसाधारण समूहको लागि छुट्याएको ३ लाख ९६ हजार कित्ता सेयर मध्ये ७ हजार ९ सय २० कित्ता सेयर कर्मकारीका लागि र १९ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने भएका छन् । सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्नेछ । गत बुधबार धितोपत्र बोर्डबाट सेयर निष्काशनको अनुमति पाएको कम्पनिको सेयर निष्काशनको बिक्री प्रबद्र्धकका रुपमा एस क्यापिटल रहेको छ ।

आवेदन कहाँबाट दिने ?
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एस क्यापिटल रहेको छ र यो कम्पनीको सेयर किन्न एस क्यापिटल लिमिटेड लालदरबार, एस डेभलपमेन्ट बैंकका नक्साल, किर्तिपुर, चाबाहिल, न्युरोड, जावलाखेल, कौशलटार, वीरगञ्ज, चितवनको पर्सा र नारायणगढ, मोरङको उर्लाबारी, प्युठानको विजुवा बजार र संखुवासभाको खाँदबारीमा आवेदन बुझाउन सकिने छ । त्यस्तै त्रिवेणी विकास बैंकको इटहरी र विराटनगर शाखा, एक्सेल डेभलपमेन्ट बैंकको विर्तामोड शाखा, एभरेष्ट फाइनान्सको सिद्धार्थनगर शाखा, गरिमा विकास बैंकको महेन्द्रपुल शाखा, मालिका विकास बैंकको धनगढी र कञ्चनपुर शाखामा पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको असार १३ गते देखि निष्काशन भएको साधारण सेयरको लागि असार १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले संखुवासभाको धुपु गाविसमा ४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । सो आयोजनाले आगामी साउन १ गते देखि व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य छ ।