November 22nd, 2019

तिनाउ मिसन र नेपाल कम्युनिटीको एक्विजिसन अन्तिम चरणमा, एकीकृत कारोबार कहिले ?

बैंकिङ खबर । तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रक्रिया अन्ति चरणमा पुगेको छ । सात जिल्ले तिनाउ मिसनले पाँच जिल्ले नेपाल कम्युनिटीलाई गाभेर मंसिर २२ गतेदेखि एकीकृत कारोबार थाल्ने तयारी गरेको छ ।

असोज ७ गते दुवै बैंकले छुट्टा छुट्टै साधारणसभा गरी पारित गरेको एक्विजिसनलाई केन्द्रीय बैंकले कात्तिक २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्टारको कार्यालयबाट पनि कात्तिक २९ गते अनुमति प्राप्त गरेपछि बैंकले मंसिर २२ गते एकीकृत कारोबारको मिति तय गरेको छ ।

तिनाउ मिसनकै नामबाट हुने एकीकृत कारोबारपछि बैंकको चुक्ता पूंजी १ अर्व ६७ करोड ५८ लाख, निक्षेप १४ अर्व ५० करोड, कर्जा लगानी १२ अर्व ३३ करोड र शाखा ६२ वटा पुग्नेछन् । बैंकको केन्द्रीय कार्यालय बुटवलको पाल्पारोडस्थित आफ्नै भवनमा रहनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]