Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

यो साता केके भयो वित्तीय क्षेत्रमा ? (साप्ताहिक हाइलाइट्स)

२०७६ कार्तिक २९ गते

बैंकिङ खबर । यो साता अधिकांश बैंकहरुले आफ्नो प्रथम त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । त्यस्तै, थुप्रै कम्पनीले लाभांश घोषणा पनि गरेका छन् । बैंकहरुका यी गतिविधिबाट केही अन्य गतिविधिहरु पनि भएका छन्ः

भारतीय बैंक नेपाल आउँदै
भारतको निजी क्षेत्रको लगानी रहेको आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय खोल्ने भएको छ । मुम्बईमा केन्द्रीय कार्यालय रहेको बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको काम गरिसकेको छ । राष्ट्र बैंकले अनुमति दिएपछि औपचारिक रुपमा आईसीआईसीआई बैंकको नेपालमा सम्पर्क कार्यालय खुल्ने छ ।

मंसिर १ र दुई गते बैंकिङ एक्स्पो
आगामी मंसिर १ र २ गते काठमाडौँको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो हुने भएको छ । आयोजक मिडिया इन्टरनेशनलले एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । वित्तीय जागरणः राष्ट्रिय अभियानअन्तगर्त काठमाडौँमा संचालन हुन लागेको यो तेस्रो बैंकिङ एक्स्पो हो ।

भन्सार शूल्क परिवर्तन
अर्थमन्त्रालयले विदेशबाट आउने सामानको भन्सार शुल्क बढाएको छ । विदेशबाट फर्कदा ल्याउने काचो सुनको ५० ग्रामसम्म प्रति १० ग्रामको हिसाबले ७५०० रुपैयाँ र १०० ग्राम ल्याउदा बाँकी ५० ग्राममा १० ग्रामको दरले ८५ सय रुपैयाँ तिनुपर्छ । जसअनुसार ५० ग्राम सुन ल्याउदा ३७ हजार ५०० रुपैयाँ शुल्क लाग्छ भने १०० ग्राम ल्याउदा ८० हजार रुपैयाँ भन्सार शुल्क तिनुपर्छ । पहिलेको व्यवस्थामा ५० ग्रामको २६ हजार र १०० ग्राम ल्याउदा ५७ हजार रुपैयाँ भन्सार शुल्क थियो । सुन गहनाको हकमा भने ५० ग्रामसम्म कुनै पनि महशुल लाग्दैन । १०० ग्रामको हकमा बाँकी ५० ग्राममा प्रति १० ग्राम ८५ सय रुपैयाँ भन्सार शुल्क लाग्छ । १०० ग्रामभन्दा बढी थप १०० ग्रामसम्मको सुनको गहनामा प्रति १० ग्राम १० हजार भन्सार शुल्क लाग्छ ।

सरकारले कपालमा प्रयोग हुने कस्मेटिक मालवस्तुको अन्तुल्क ५ प्रतिशतले बढाएर १० प्रतिशतले बढाएको छ भने फलाम तथा इस्पातको सरसफाइको सामानको ५ प्रतिशत अन्तशुल्क लगाउने निर्णय गरेको छ । त्यस्तै, विदेशबाट आयात हुने कफीमा १० प्रतिशत अन्तशुल्क लाग्ने भएको छ । चल्ला कोरल्नको लागि निषेचित फुलहरुको पैठारीमा ५० प्रतिशत भन्सार महशुल छुट दिइएको छ । रङ उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा त्यसलाई २० प्रतिशतमा झारिएको छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर बनाइएको वाइन उद्योगमा लाग्दै आएको अन्तशुल्कमा ३० प्रतिशत छुट दिइने भएको छ ।