November 14th, 2019

नक्कली भ्याट बीलमार्फत राजश्व छली गर्नेविरुद्ध मुद्धा

बैंकिङ खकर । मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बिजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध बुधबार मुद्दा दायर गरिएको छ ।

राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बिजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कर छली गरेको आरोपमा काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने एसपी इन्टरप्राइजेज र हिमाल कन्सट्रक्सनका प्रोपाइटर शिवप्रसाद गौतमले तीन करोड ८१ लाख र रामेछाप घर भई काठमाडौँमा हार्डवेयर सञ्चालन गर्दै आएका देवबहादुर खत्रीले झण्डै तीन करोड बिगो बराबरको राजस्व छलेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

यस्तै काभ्रेपलाञ्चको पाँचखाल– ७ घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राइटर शिवराम न्यौपानेले रु एक करोड ५९ लाख, काठमाडौँ महानगरपालिका– ११ बस्ने हिमालयन इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाईंले रु ६९ लाख ३९ हजार र भक्तपुर बस्ने न्यू युनिभर्सल इन्टरप्राइजेका सञ्चालक सुदर्शन चौलागाईंले रु ३० लाख ३२ हजार बिगो बराबरको कर छली गरेको आरोपमा विभागले उनीहरुविरुद्ध पनि बुधबारनै मुद्दा दर्ता गरेको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]