Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

डेपुटी गभर्नर शिबराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन

२०७६ कार्तिक १८ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठ निलम्बनमा परेका छन् । नेपाल राष्ट्र बैंकको  सञ्चालक समितिले डेपुटी गभर्नर शिबराज श्रेष्ठमाथी छानबिन गर्न ३ सदस्यीय समिति समेत गठन गरीसकेको छ । सञ्चालक समितिको बैठकले सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण सदस्य रहेको छानबिन समिति गठन गरेको हो । छानविन समिति गठन गरेपछि श्रेष्ठ स्वतः निलम्बनमा परेका हुन् । मन्त्रिपरिषदले श्रेष्ठले वित्तिय स्थायीत्व र संस्थागत सुशासन लगायतका विषयमा गम्भिर त्रुटी गरेको भन्दै छानविन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । स्रोतका अनुसार पौडेल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनका आधारमा श्रेष्ठमाथीको कारवाहीबारे निर्णय हुनेछ । श्रेष्ठलाई बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका विभिन्न वित्तीय अनुशाशन उलंघनको आरोप लागेको छ ।