Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैंकिङ कर्मचारी हुनुहुन्छ ! आजैबाट परिवर्तन गर्नुस् यी ‘पाँच हानीकारक बानी’

२०७६ कार्तिक १६ गते

अपेक्षा ढुंगाना, बैंकिङ खबर । बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र सर्वसाधारणको माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । सर्वसाधारणको बचत सुरक्षित राखिदिनुका साथै बैंकले किसान, व्यापारी, उद्यमी एवं सर्वसाधारणलाई कर्जा उपलब्ध गराउँछ । त्यसैले बैंक जनताको एउटा विश्वासिलो र भरपर्दो संस्थाको रुपमा परिचित छ । बैंक यस्तो संस्था हो जसलाई सीसाको घर पनि भनिन्छ । जहाँ जोखिमको मात्रा बढी हुने गर्दछ । त्यसकारण बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु इमान्दार र नैतिकवान हुनुपर्छ । इमान्दार र नैतिकवान् मात्र होइन योग्य तथा दक्ष जनशक्तिलाई छनोट गर्नु पर्दछ । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणहरुको लगानी तथा निक्षेप बढी हुने भएकाले वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वलाई विशेष ध्यान पुर्याउनु पर्दछ ।

ग्राहकको महत्व बुझ्न नसक्ने : हाल अधिकाँस बैंकका कर्मचारीले ग्राहकको महत्व बुझेको पाईंदैन । जबरजस्त विज्ञापनका भरमा ग्राहक बटुल्न खोज्ने प्रबृति देखिन्छ । त्यसमाथि म्यानेजमेन्ट टिमले बल्ल बल्ल बनाएको योजना र मिसन ग्राहकलाई तल्लो तहका कर्मचारीले गर्ने व्यबहारले फेल गराइदिन्छ । यसकारण बैकका कर्मचारले ग्राहकको बारेमा राम्रो ध्यान दिन जरुरी छ ।

सहयोगि भावनाको अभाव :  अधिकाँस बैंकका कर्मचारी सहयोगि छैनन् । उनीहरु जागीरे प्रबृतिका छन् तर नागरिकलाई डकुमेन्ट संकलन, विभिन्न झण्झटीला प्रकृया बारे बुझाउने, राष्ट्र बैंकको नीति बारे जानकारी गराउन सक्ने कर्मचारी छैनन् । केही कुरा सोध्दा झर्कने, नलेज कम भएका तथा राष्ट्र बैंकले कुन नीति किन जारी गरेको भन्ने बारे बुझाउन नसक्ने अबस्थाका छन् । जहाँ ग्राहकलाई नियम नै यस्तै छ भन्ने मात्रै जवाफ दिने कर्मचारीहरु छन् । यसर्थ तपाईले आफूलाई यस विषयमा परिवर्तन गर्न जरुरी हुन्छ ।  

अध्ययनको कमी : अधिकाँस बैंकका कर्मचारीहरु कम अध्ययशिल छन् । आफूलाई आबश्यक कुरा बाहेक अरु बैंकिङ नलेज लिदैनन् । बैंकका कर्मचारीले कम्तिमा राष्ट्र बैंकका नीतिहरु, अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासहरु तथा बैंक, बीमा र सेयरबजार (जो बैंकमै आबश्यक हुन्छ) बारे जानकारी राख्न सक्नुपर्ने हुन्छ । बैंकिङ कसुरका विषय, अध्ययन गर्नुपर्ने वित्तीय कुराहरु, उद्यमशीलता तथा कर्जा र लगानीका बारे पनि राम्ररी बुझ्नैपर्ने हुन्छ । 

प्रविधिमैत्रीको आबश्यकता : अब बैंकका कर्मचारी प्रविधिमैत्री हुन जरुरी छ । टेक्नोलोजीले फड्को मारेको अबस्था छ । तर बैंकका कर्मचारीलाई नै टेक्नोलोजीको ज्ञान कम छ । सम्बन्धित डिपार्ट बाहेकलाई बैंकिङ टेक्नोलोजी बारे नलेज छैन । प्रविधिको क्षेत्रमा विश्वले हरेक पल नयाँ अविष्कारहरु गरि रहँदा त्यसको प्रयोग सबैभन्दा पहिले बैकिङ क्षेत्रमा नै भित्रिने गरेका छन् । साथै भित्रिएका प्रविधिहरु पनि लामो समयसम्म रहिनरहने भएकोले बैंकमा कार्यरत कर्मचारीहरुलाई धेरै कुराहरु निरन्तर रुपमा सिकिरहनु पर्ने हुन्छ ।

भनसुनमै टिक्न खोज्ने अभ्यास : अधिकाँस कर्मचारीहरु मेहनत, लगनशील र धैर्यता भन्दा भनसुनमा जागिर खाने प्रबृतिमा छन् । भनसुन मिल्यो भने बैंक छोडेर अर्को बैंकसम्म जाने वा काम थोरै गरेरै जागिर खाने पोष्टतर्फ लालायीत हुने देखिन्छन् । सिइओको नजरमा कुराबाट राम्रो बन्न खोज्ने तर काम कम गर्नेहरु धेरै बैंकमा भेटिन्छन् । यसर्थ तपाईले आफूलाई यस विषयमा परिवर्तन गर्न जरुरी हुन्छ ।