बैंकिङ खबर । यो साताभरी नै चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने र नेपालका अर्थमन्त्रीको भारत भ्रमणको चर्चा रह्यो । सी जिनपिङ शनिबार र आइतबार नेपालको राजकीय भ्रमणमा रहनेछन् । अर्थमन्त्री युवराज खतिवडा भने भारत भ्रमणबाट फर्किसकेका छन् ।
अर्थमन्त्रीको भारत भ्रमण
अर्थमन्त्री युवराज खतिवडा भारत भ्रमणबाट फर्किसकेका छन् । तर, उनले नेपालमा रहेका बन्द भएका भारतीय नोटहरु सटहीका लागि गरेको प्रस्तावको विषयमा भने चर्चा सेलाएको छैन । नोटबन्दी भएको दुई वर्ष हुन लाग्दा पनि भारतले नेपालमा रहेका नोटहरु साटिदिएको छैन । अर्थमन्त्रीको प्रस्तावपछि भने नोट सटही हुन
अपेक्षा गरिएको छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदैछन् । उनीसँगको छलफलमा केके विषय समेट्ने भनेर मन्त्रीपरिषद्ले छलफल गरिरहेको छ । भौतिक पूर्वाधारको विषयमा महत्वपूर्ण सम्झौताहरु गर्ने सरकारको तयारी छ ।
एटीएम समस्याको समाधान
एटीएम ह्याकिङ प्रकरणपछि जुन बैंकको कार्ड हो, त्यही बैंकको एटीएमबाट मात्रै पैसा झिक्न मिल्ने बनाइएको थियो । अब भने एक बैंकको कार्य अर्को बैंकको एटीएममा पनि चल्न थालेको छ ।
करचुक्ताको प्रमाणपत्र अनलाइनमै
आन्तरिक राजश्व विभागले करचुक्ताको प्रमाणप अनलाइनबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ । पहिलो चरणमा २० लाखसम्मको कारोबार हुने फर्म तथा कम्पनीका लागि मात्रै यो व्यवस्था लागू भएको छ ।
रुग्ण जलविद्युत्को कर्जा घटाउन माग
विद्युत् नियमन आयोगले रुग्ण जलविद्युत्हरुके कर्जा ३ प्रतिशतमा झार्न राष्ट्र बैंकलाई अनुरोध गरेको छ । भारतबाट विद्युत् आयातलाई प्रतिष्थापन गर्दै नेपालमा जलविद्युत् आयोजनालाई प्रात्साहन गर्नका लागि व्याजदर घटाइनुपर्ने आयोगको तर्क छ ।




