Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सुनसरीको लौकहीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

२०७३ असार ८ गते

Pictureसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुनसरी जिल्लाकोे लौकही गाविसमा आफ्नो ९३ औ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा बैंकका इटहरी शाखाका शाखा प्रमुख सुब्रत रोयले एक कार्यक्रम बिच उद्घाटन गरे । बैंकले सोहि शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि स्थानीय व्यवसायी अशोक कुमार यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । 

बंैकिङ्ग सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ्ग सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ्ग मार्फत उपलब्ध गराईरहेको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।