Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

न यताको ! न उताको ! भारु नचल्दा कम्ती छैनन् सीमावर्ती क्षेत्रका पीडाहरु

२०७६ आश्विन ७ गते

बैंकिङ खबर । नेपालीहरुको महान् चाड दशैँ नजिकिँदैछ । यो समयमा सबैका घरमा खुलेर खर्च गरिन्छ । नयाँ कपडा र मिठो खानेकुरामा खर्च गरी मनाइने यो चाडमा सीमावर्ती क्षेत्रका नेपालीहरु भने भएको पैसा पनि खर्च गर्न पाइरहेका छैनन् ।

सीमावर्ती क्षेत्रका नेपालीहरु ज्याला मजदुरी गर्नका लागि वा अन्य रोजगारीका लागि भारततर्फ जाने गर्दछन् । तर, नेपाल फर्किएपछि भारतीय रुपैयाँ नचल्दा चाडपर्व मनाउन मात्रै नभएर दैनिक खर्च चलाउन समेत समस्या भइरहेको छ । भारतबाट काम गरेर नेपालीहरु भारतीय पाँच सय, एक हजार र दुई हजारका नोट बोकेर आउँछन् तर नेपालमा सो नोट नचल्दा सर्वसाधारणले सास्ती पाएका छन् ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले तत्काल अर्थ मन्त्रालयसँग समस्या समाधानको पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले आफूले कमाएको सम्पत्ति उपयोग गर्न नपाउने तथा कानुनी झमेलामा पर्ने स्थिति उत्पन्न हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।

भारतले पूराना नोट बन्द गरेर नयाँ जारी गरेसँगै सीमावर्ती क्षेत्रमा सुरु भएको नोट सटहीको समस्याको समाधान अझै हुन सकेको छैन । नेपालमा भारतीय नोटको प्रयोग नेपाली नोट सरह नै सहज रुपमा गरिन्छ । तर, नोटबन्दीपछि पाँच सय, एक हजार र दुई हजारका नोट सटही र चलनचल्तीमा समस्या भइरहेको छ । खासगरी भारतसँगै सीमा जोडिएका क्षेत्रका नेपाली बढी प्रभावित भएका छन् ।