June 21st, 2016

फेवा विकास बैंकको तालचोक शाखाबाट कारोबार सुरु 

fewa bikas bankफेवा विकास बैकले कास्की जिल्ला लेखनाथ नगरपालिकाको तालचोक शाखाबाट कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, एसएमएस बैंकिङ, लकर, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवासहितको सम्पूर्ण बैकिङ सेवा संचालन गरिएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी गराए । निकट भविष्यमा म्याग्दीको बेनी शाखाबाट पनि कारोबार सञ्चालन गरिने थापाले बताए ।

फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२/७३ को तेस्रो त्रैमासमा २६ करोड रुपैँया संचालन मुनाफा आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म १० अर्ब ६३ करोड रुपैँया निक्षेप संकलन गरी ९ अर्ब ३३ करोड रुपैँया कर्जा लगानी गरेको थियो । 

गत वर्षको आषाढ २८ गते देखि पोखराका दुई उत्कृष्ट वित्तीय संस्थाहरु विश्व विकास बैंक र फेवा फाइनान्स एक आपसमा मर्जर भइ राष्ट्रियस्तरको फेवा विकास वैकको रुपमा कारोबार गर्दे आइरहेको छ । केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी बैंकका २८ वटा शाखा कार्यालय रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]