Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दिब्यश्वरी हाइड्रोको ३ लाख ६८ हजार कित्ता साधारण शेयर असार १६ गते

२०७३ असार ६ गते

ipoदिब्यश्वरी हाइड्रोपावर कम्पनिले आगामी असार १६ गते ३ लाख ६८ हजार २ सय ८० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सर्वसाधारणका निष्काशन गर्न लागिएको सो शेयर खरिदका लागि लगानीकर्ताले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
 

कहाँ र कसरी बुझाउने आवेदन ?
सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । एस क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेको यो कम्पनीको सेयर किन्न एस क्यापिटल लिमिटेड लालदरबार, एस डेभलपमेन्ट बैंकका नक्साल, किर्तिपुर, चावहिल, न्युरोड, जावलाखेल, कौशलटार, वीरगञ्ज, चितवनको पर्सा र नारायणगढ, मोरङको उर्लाबारी, प्युठानको विजुवा बजार र संखुवासभाको खाँदबारीमा आवेदन बुझाउन सकिने छ । त्यस्तै त्रिवेणी विकास बैंकको इटहरी र विराटनगर शाखा, एक्सेल डेभलपमेन्ट बैंकको विर्तामोड शाखा, एभरेष्ट फाइनान्सको सिद्धार्थनगर शाखा, गरिमा विकास बैंकको महेन्द्रपुल शाखा, मालिका विकास बैंकको धनगढी र कञ्चनपुर शाखामा पनि आवेदन दिन सकिने छ । 

सर्वसाधारण समूहको लागि छुट्याइएको ३ लाख ९६ हजार कित्ता सेयरमध्ये ७ हजार ९ सय २० कित्ता सेयर कर्मकारीका लागि र १९ हजार ८ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाडफाँट गरिएको छ । आयोजनामा ७५ प्रतिसत लगानी सस्थापक समूहको छ ।