अपि पावर कम्पनी लिमिटेडले १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ । सो हकप्रद शेयरका लागि इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको १ अर्ब चुक्ता पूँजी छ । आगामी परियोजनाका लागि २ अर्ब रुपैयाँ पूँजी र्पुयाउने उद्देश्यले हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीको भनाइ छ ।
कम्पनीले ७५ मेगावाटको त्रिशूली गल्छी जलविद्युत् आयोजना लागि सिद्धकाली पावर लिमिटेडअन्तर्गत ८० प्रतिशत लगानी गर्दै छ । कम्पनीले दार्चुला जिल्लामा आठ मेगावाटको माथिल्लो नौगढ गाड साना जलविद्युत् आयोजना पनि निर्माण गर्दैै छ । यसभन्दा अघि पनि कम्पनीले ८.५ मेगावाटको परियोजना सम्पन्न गरिसकेको छ ।