कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैकको १६५ औं शाखा कार्यालय स्थापना गरिएको छ । उक्त शाखाको अर्थ राज्य मन्त्री दामोदर भण्डारीले गत साता एक समारोहका बीच समुद्घाटन गरे । सो समारोहमा प्रमुख अतिथि अर्थ राज्य मन्त्री दामोदर भण्डारीले पूर्ण सरकारी वाणिज्य बैकको नाताले सबैभन्दा बढी जनहितको सरोकार राख्ने बैक रावा बैंक रहेकाले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा समेत यस बैंकले अग्रसरता लिनुपर्ने बताए । सो अवसरमा अर्थ राज्य मन्त्री भण्डारीले ससाना उद्यमी व्यवसायीलाई वित्तीय क्षेत्रमा सामेल गराई उनीहरुको शीप क्षमताको उत्पादनशील परिचालनमा सरकारले जोड दिने बताए । राष्ट्रिय वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रावा बैंकले नयां सम्भाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि वित्तीय पहुंच विस्तार गर्ने बताए ।
ट्यागहरू:
