सगरमाथा फाइनान्सले १० बराबर ८ (१०ः८)को अनुपातमा हकप्रद पनि निष्काशन गर्ने निर्णय गरेको छ । फाइनान्सको शुक्रबार सम्पन्न १० औं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो । फाइनान्सले बोनस सेयर वितरण गरेपछि हुने चुक्ता पुँजीको १०ः८ का दरले हकप्रद दिन लागिएको जानकारी दिएको छ ।
त्यस्तै सभाले आफ्ना शेयरधनीलाई १५.८५ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने प्रस्ताव पारित गरिएको हो ।
त्यस्तै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दिनेश राई र माओ राई किरातलाई आगामी ४ बर्षको लागि संचालकमा निर्वाचित गरेको छ । संचालक समितिको शुक्रबारै बसेको बैठकले मदन कुमार राईलाई अध्यक्षमा चयन समेत गरेको छ ।
ललितपुरको मानभवनमा प्रधान कार्यालय रहेको यस संस्थाले गाःवहाल, बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, सोलु सल्लेरी, भोजपुर वजार, दिक्तेल र ओखलढुङ्गा वजारमा गरी १० वटा शाखा संचालनमा ल्याएको छ ।