कञ्चन डेभलपमेन्ट बैंकले २७ प्रतिशत संस्थापक शेयरलाई साधारण परिणत गर्ने भएको छ । बैंकको शनिबार सम्पन्न विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । बैंकको सञ्चालक समितीका अध्यक्ष शिव सिंह कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थापक शेयर धनिहरुको स्वामित्तमा रहेको ७० प्रतिशत शेयर मध्ये २७.१४ प्रतिशत शेयर साधारण शेयरमा परिवर्तन गरि शेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्व साधारणको हुने प्रस्ताव सर्व सम्मतिले पारित गरयो ।
त्यसैगरी नेपाल राष्ट्र बैंकको निर्देशनानुसार आगामी २ बर्षमा बैंकको चूक्तापुँजी ५० करोड रुपैँया पुर्याउने योजनाअनुसार पुँजी बढाउन दुई शेयर बराबर एक हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि सर्वसम्मतिले पारित गर्यो । बैंकले ०७३ असोजसम्ममा चुक्ता पुँजी २९ करोड रुपैँया पुर्याउने योजना बनाएको हो ।